• ८ श्रावण २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दुई दिने अनलाइन बहसनोट लेखन तालिम




बुटवल, साउन ७ गते । नेपाल प्रगतिशील युवा सञ्जालको आयोजनामा सञ्चालित दुईदिने बहसनोट लेखनसम्बन्धी निःशुल्क अनलाइन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। साउन ५ र ६ गते आयोजना गरिएको उक्त तालिममा देशभरका कानुनका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

​तालिममा नेपालभरका ६ वटा विश्वविद्यालयसम्बद्ध १२ भन्दा बढी कानुन कलेजहरूमा स्नातक (बीए एलएलबी) अध्ययनरत १०० जनाभन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता थियो।
​दुईदिने सत्रमा सहभागीहरूलाई बहसनोट लेखनको ढाँचा र शैली, तर्क निर्माण, कानुनी विश्लेषण एवं प्रस्तुतीकरणका विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो। साथै ऐन, नजिर र अन्य कानुनी स्रोतहरूको प्रभावकारी प्रयोग कसरी गर्ने तथा अभ्यास अदालतका प्राविधिक पक्षहरू के-के हुन् भन्नेबारे व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

​कार्यक्रममा प्रशिक्षक एवं स्रोत व्यक्तिका रूपमा कुशल गैरे र भज नारायण रेग्मी रहनुभएको थियो। उहाँहरूले विद्यार्थीहरूलाई कानुनी मस्यौदा र वकालत कलाका प्रयोगात्मक सीपहरूबारे प्रस्ट पार्नुभएको थियो।

​तालिम समापनको अवसरमा सञ्जालका अध्यक्ष आकाश ओलीले कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने आदरणीय स्रोत व्यक्तिद्वय, संस्थाका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। अध्यक्ष ओलीले आगामी दिनमा पनि देशभरका कानुनका विद्यार्थीहरूको हित र क्षमता अभिवृद्धिका लागि संस्थाले यस्ता बहुउपयोगी कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिरहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो।

Facebook Comments