घोराही । रुकुमपश्चिमबाट झरेर घोराहीमा बसोबास गर्ने रुकुमेलीहरुको भेलाले रुकुम पश्चिम सेवा समिति घोराही गठन गर्ने निर्णय गरेको छ ।
घोराहीमा भएको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । बैठकले भेलाको तयारी गर्न शसे कुसारीको संयोजकत्वमा तयारी समिति गठन गरेको छ ।

जसको सदस्यमा शर्मिला पुन, निर्मला पुन, अमृत खत्री, जनक पुन, भद्रबहादुर पुन, लक्ष्मी घर्ती, बेलुकुमारी बस्नेत, मनबहादुर बुढाथोकी, विकास मल्ल ठकुरी, मानबहादुर शाही, दिपिन ओली, सन्तोष खड्का, शिला पुन मल्ल, दीपम केसी, राजनकुमार ओली, दिवाकर केसी, सुवास केसी, सिपि खनाल र मोहबीर खड्का रहनुभएको छ ।
बैठकले साउन १६ गते शनिवार उद्योग वाणिज्य संघको कार्यालयमा रहेको सभामा भेला आह्वान गर्ने निर्णय गरेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।

