• ६ श्रावण २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती शिक्षा क्याम्पसमा अनुसन्धान सर्कल गठन




दाङ, ६ साउन। राप्ती शिक्षा क्याम्पसमा प्राज्ञिक तथा खोजमूलक कार्यलाई अगाडि बढाउने उद्देश्यले ‘राप्ती शिक्षा अनुसन्धान सर्कल’ गठन गरिएको छ। क्याम्पसमा अध्यापनरत उपप्राध्यापक तथा विद्यार्थीहरूको संयुक्त बैठकले जितबहादुर भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवगठित समितिको उपाध्यक्षमा वसन्ता रावत र अञ्चलु पुन, सचिवमा दीपक वि.क. तथा कोषाध्यक्षमा पुष्पराज शर्मा चयन हुनुभएको छ। सदस्यहरूमा ढुण्डिराज आचार्य, तिलकुमारी बस्नेत, दीपा चौधरी, समीक्षा पुन, प्रतिका घिमिरे, सम्झना चौधरी, टीका सापकोटा, हुमा कुमारी राना, इन्द्रा सापकोटा र पुष्पा के.सी. रहनुभएको छ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख हुकुम बुढाथोकीले नवनिर्वाचित समितिलाई बधाई दिँदै क्याम्पसभित्र अनुसन्धानका गतिविधि विस्तार गर्न क्याम्पस प्रशासनका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी उपप्राध्यापक डा. खेमराज मल्ल, पुष्करनाथ अधिकारी र चन्द्र थापाले विश्वविद्यालय तहको शिक्षामा अनुसन्धानको अपरिहार्यतामाथि प्रकाश पार्दै यस सर्कलले विद्यार्थी र शिक्षक दुवैको प्राज्ञिक क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको सहजीकरण क्याम्पसका उपप्राध्यापक शालिकराम पाण्डेले गर्नुभएको थियो।

Facebook Comments