• ६ श्रावण २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
निर्माणाधीन घरको पानी ट्याङ्कीमा मृत फेला परेका दुई जनाको पहिचान खुल्यो




दाङ । तुलसीपुरमा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र मृत अवस्थामा फेला परेका दुई जनाको पहिचान खुलेको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सल्यान घर भई हाल तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा बस्दै आएका अन्दाजी ४२ वर्षीय कमल गिरी र सोही स्थानका अन्दाजी ३५ वर्षीय घनश्याम गिरी रहेका छन्। कमल गिरी घर निर्माणका ठेकेदार तथा घनश्याम गिरी मिस्त्री रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तुलसीपुर–६ रजौरास्थित मानव धर्म सेवा आश्रमको पूर्वतर्फ मनिराम चन्दले निर्माण गरिरहेको घरको पानी ट्याङ्कीमा सेटिङ (फर्मवर्क) निकाल्न दुवै जना बुधबार साँझ करिब ५:१५ बजे ट्याङ्कीभित्र पसेका थिए।

उनीहरू बाहिर नआएपछि बिहीबार बिहान करिब १० बजे स्थानीयवासीले ट्याङ्कीभित्र उनीहरूलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली घटनास्थलमा पुगेर शव निकाल्ने कार्य गरेको छ। घटनाको कारण खुल्न बाँकी रहेको र मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments