दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र दुई जनाको शव फेला परेको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार मनिराम चन्दले निर्माण गरिरहेको एकतले घरको पानी ट्याङ्कीभित्र दुई जना मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार घटनाबारे आज बिहान करिब ११ बजे जानकारी प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको छ र शव बाहिर निकाल्ने तयारी भइरहेको छ।
घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकहरूको परिचय र मृत्युको कारण सम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

