दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको २१औँ साधारणसभा तथा १८औँ अधिवेशन आगामी भदौ २० गते र नयाँ नेतृत्व चयनका लागि असोज १० गते निर्वाचन गर्ने निर्णय गरिएको छ।
बुधबार संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए।
बैठकले साधारणसभा तथा अधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति पनि गठन गरेको छ। बृत्तचित्र निर्माण उपसमितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठ तथा सदस्यमा उद्योग उपाध्यक्ष ध्रुवकुमार गहतराज र वाणिज्य उपाध्यक्ष लिलाराम खड्कालाई चयन गरिएको छ।
त्यसैगरी, स्मारिका प्रकाशन उपसमितिको संयोजकमा सचिव विकास वली, विज्ञापन उपसमितिको संयोजकमा जगत आचार्य, भोजन तथा आवास उपसमितिको संयोजकमा विष्णुप्रसाद रिजाल तथा मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा नोर्बु लामा तामाङलाई जिम्मेवारी दिइएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

