• ३१ असार २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिद्वारा पदभार ग्रहण




दाङ, घोराही। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा. डा. अजयकुमार मिश्रले पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहणसँगै प्रतिष्ठानका निवर्तमान निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह–प्राध्यापक डा. सुरेश रसाइलीसहित विभिन्न विभागका चिकित्सक, नर्स, कर्मचारीले प्रा. डा. मिश्रलाई भव्य सामूहिक स्वागत गरेका थिए।

स्वागत कार्यक्रममा प्रतिष्ठानका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले प्रा. डा. मिश्रको नेतृत्व, अनुभव र दूरदृष्टिले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा प्रवाह तथा अनुसन्धानका क्षेत्रमा प्रतिष्ठानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

उपकुलपति मिश्रले प्रतिष्ठानको समग्र विकास, गुणस्तरीय चिकित्सा शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा तथा अनुसन्धानलाई प्राथमिकतामा राखी सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Facebook Comments