• २७ असार २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पद्मोदय मावि घोराहीमा चार सदस्य निर्वाचित




घोराही । पद्मोदय पब्लिक नमुना मावि घोराहीको विद्यालय व्यवस्थापन समिति सदस्यका लागि भएको निर्वाचनबाट चार सदस्य निर्वाचित भएका छन् ।

जसअनुसार सबैभन्दा धेरै मत लिएर बुद्धिराम पुन (१५५) निर्वाचित हुनुभएको छ । त्यस्तै भीमबहादुर पुन (१२०), सिर्जना पाण्डे रावत (१५९) र लिला सारु (१४९) निर्वाचित हुनुभएको छ ।

कूल ११ जना उम्मेदवारमध्ये चार चार जनाले दुई समूह बनाएका थिए । जसमध्ये एउटा समूहबाट बुद्धिराम र भीमबहादुर तथा अर्को समूहबाट सिर्जना र लिला निर्वाचित हुनुभएको छ । शनिवार भएको निर्वाचनमा ४१५ मत खसेको थियो ।

निर्वाचन अधिकृतमाथि भएको दुर्व्यवहारको छानविन सुरु
विद्यालय व्यवस्थापन समितिको निर्वाचन अधिकृतको रुपमा खटिएका घोराही उपमहानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर गरिएको दुर्व्यवहारको छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ । घोराही–१५ का वडा सदस्य लेखनाथ बुढाथोकीले मोबिल छर्केर दुर्व्यवहार गरेका थिए । यो घटना विभिन्न क्षेत्रबाट चौतर्फी बिरोध भएको छ ।

Facebook Comments