• २६ असार २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तीजको मौलिक स्वादमा आधुनिक शैलीको मिश्रण, भुमिकाको स्वरमा ‘दिम कि नदिम’ सार्वजनिक (भिडियो सहित)




दाङ । तीज गीत भन्नेबित्तिकै मौलिकता, संस्कृति र रमाइलोपनको सम्झना आउने गर्छ। यही मौलिकतालाई अहिलेको पुस्ताले रुचाउने आधुनिक शैलीसँग संयोजन गर्दै लोकदोहोरी गायिका भुमिका गिरि र गायक ऋषि खड्काले नयाँ तीज गीत ‘दिम कि नदिम’ सार्वजनिक गरेका छन्।

शुक्रबार सार्वजनिक भएको यो गीतले परम्परागत तीजको स्वादलाई जोगाउँदै आजको डिजिटल पुस्ताको रोजाइलाई समेत ध्यानमा राखेर तयार गरिएको छ। मौलिक शब्द, आधुनिक संगीत संयोजन, आकर्षक भिडियो र छोटो–छोटो दृश्य संरचनाले सामाजिक सञ्जालका प्रयोगकर्ताको ध्यान तानिरहेको छ।

ऋषि खड्काको शब्द तथा संगीतमा तयार भएको गीतमा भुमिका गिरि र ऋषि खड्काको स्वर रहेको छ। तीजको हाँसो–ठट्टा, प्रश्न–उत्तर शैली र नेपाली समाजको मौलिकपनलाई आधुनिक प्रस्तुतीकरणसँग जोडिएकाले गीत फरक स्वादमा प्रस्तुत भएको छ।

गीतको भिडियोमा जुना विश्वकर्मा र डोना थापा मगरको अभिनय तथा प्रशान्त मगरको कोरियोग्राफीले थप आकर्षण सिर्जना गरेको छ भने विनोद भण्डारीको निर्देशनले भिडियोलाई अझ प्रभावशाली बनाएको छ। नेपाली मौलिक पहिरन, तीजको वातावरण र आधुनिक छायांकन शैलीले भिडियोलाई थप जीवन्त बनाएको छ।

गायिका भुमिका गिरिको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘दिम कि नदिम’ छोटो समयमै फेसबुक, टिकटक, रिल्स र सर्ट्समा व्यापक रूपमा प्रयोग हुन थालेको छ। सार्वजनिक भएको केही समयमै गीतका क्लिपहरू भाइरल बन्दै गएका छन् भने दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

मौलिक संस्कृति र वर्तमान पुस्ताको रोजाइबीच सन्तुलन कायम गर्न सफल ‘दिम कि नदिम’ यस वर्षको तीजमा चर्चित र रुचाइने गीतमध्ये एक बन्ने अपेक्षा गरिएको छ।

Facebook Comments