• २१ असार २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ब्राजिलसँग अपराजित नर्वे अर्को इतिहास बनाउने लक्ष्यमा




दाङ । पाँच पटकको विश्वकप विजेता ब्राजिल र नर्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ ९राउन्ड अफ १६० मा आमनेसामने हुँदैछन् ।

क्वार्टरफाइनल प्रवेशका लागि हुने यो बहुप्रतीक्षित भिडन्तमा एकातिर २४ वर्षदेखि उपाधिविहीन रहेको ब्राजिल नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा उपाधि यात्रालाई निरन्तरता दिन चाहन्छ भने अर्कोतर्फ नर्वे विश्वकपमा अर्को ऐतिहासिक उपलब्धि थप्ने लक्ष्यमा छ ।

यस खेलको एउटा रोचक पक्ष के छ भने नर्वेले हालसम्म ब्राजिलसँग खेलेका कुनैपनि खेल हारेको छैन । नर्वे उक्त इतिहास कायमै राख्दै अर्को नयाँ इतिहास रच्ने लक्ष्यमा हुनेछ  क्वाटरफाइनल प्रवेश । नर्वेले विश्वकप इतिहासमा हालसम्म क्वाटरफाइनल खेलेको छैन ।

ब्राजिलका लागि भिनिसियस जुनियर मुख्य हतियार हुनेछन् भने नर्वेले फेरि एकपटक स्टार फरवार्ड एर्लिङ हालान्डबाट निर्णायक प्रदर्शनको अपेक्षा गरेको छ । हालान्ड र ब्राजिलका डिफेन्डर गाब्रियल मगल्हाएसबीचको प्रत्यक्ष प्रतिस्पर्धा पनि खेलको अर्को प्रमुख आकर्षण हुनेछ।

हालसम्मको यात्रा

ब्राजिलले समूह चरणमा मोरक्कोसँग १–१ को बराबरी खेलेपछि हाइटी र स्कटल्यान्डलाई समान ३–० ले पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा स्थान बनाएको थियो ।

राउन्ड अफ ३२ मा जापानविरुद्ध निकै कठिन परीक्षा सामना गरेको ब्राजिलले इन्जुरी समयमा गाब्रियल मार्टिनेलीको गोलमार्फत २–१ को रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो ।

यता नर्वेले प्रतियोगिताभर आक्रामक फुटबल खेलेको छ । उसले चार खेलमा कुल १० गोल गरिसकेको छ । समूह चरणको अन्तिम खेलमा केही प्रमुख खेलाडीलाई विश्राम दिँदा फ्रान्ससँग ४–१ ले पराजित भए पनि राउन्ड अफ ३२ मा आइभरी कोस्टलाई २–१ ले हराउँदै अन्तिम १६ मा पुगेको थियो ।

एन्टोनियो नुसाको उत्कृष्ट गोल र खेल सकिन चार मिनेट बाँकी रहँदा एर्लिङ हालान्डले गरेको विजयी गोल निर्णायक बन्यो ।

हेड टु हेड

ब्राजिल र नर्वेबीच अहिलेसम्म चार अन्तर्राष्ट्रिय खेल भएका छन् । ब्राजिलले नर्वेविरुद्ध एक खेल पनि जित्न सकेको छैन । नर्वेले दुई खेल जित्दा दुई खेल बराबरीमा सकिएका छन् ।

फिफा विश्वकपमा सन् १९९८ मा भएको खेलमा नर्वे २-१ ले विजयी भएको थियो । यसबाहेक सन् १९८८ को मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिँदा सन् १९९७ मा नर्वे ४-२ ले विजयी भयो भने सन् २००६ मा १-१ को बराबरी भएको थियो ।

इतिहासको हिसाबले नर्वे मानसिक रूपमा बलियो देखिन्छ भने ब्राजिल पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

टिम न्युज

ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीलाई लुकास पाकेटाको चोटले चिन्ता थपेको छ । जापानविरुद्धको खेलमा घाइते भएका उनी बाँकी विश्वकप नै गुमाउने अवस्थामा छन् । राफिन्हा पनि डाउटफूल देखिएका छन् । युवा स्टार एन्ड्रिकले जापानविरुद्ध दोस्रो हाफ पूरा खेलेकाले यस खेलमा सुरुदेखि नै अवसर पाउन सक्ने सम्भावना छ ।

नर्वेका प्रशिक्षक स्टाले सोलबाकेनले सम्भावित टोली सार्वजनिक गरेका छैनन् । हालसम्म टोलीमा कुनै नयाँ चोट वा निलम्बनको समस्याबारे जानकारी छैन ।

ब्राजिलका भिनिसियस जुनियरले समूह चरणका तीनै खेलमा गोल गर्दै उत्कृष्ट लय देखाएका छन् । यता हालान्डले प्रतियोगितामा पाँच गोल गरिसकेका छन् ।

हालान्डले नर्वेका लागि ५३ खेलमा ६० गोल गरेका छन् भने प्रिमियर लिगमा १३२ खेलबाट ११२ गोल गरिसकेका छन् । कप्तान मार्टिन ओडेगार्डबाट उनलाई पर्याप्त साथ मिल्ने अपेक्षा गरिएको छ ।

सम्भावित सुरुआती ११

ब्राजिलः एलिसनः ड्यानिलो, मार्किन्होस, गाब्रियल मागाल्हास, सान्तोसः ब्रुनो गुइमाराइस, कासेमिरो, एन्ड्रिकः रायान, म्याथ्युस कुन्हा, भिनिसियस जुनियर ।

नर्वेः ओर्जन नाइलान्डः मार्कस पेडर्सेन, क्रिस्टोफर आजेर, हेग्गेम, मोलर वुल्फः मार्टिन ओडेगार्ड, बेर्गे, बेर्गः एलेक्जेन्डर सोर्लोथ, एर्लिङ हालान्ड, एन्टोनियो नुसा ।

Facebook Comments