• १९ असार २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
समाज सुधार सामुदायिक सिकाइ केन्द्रद्वारा एक व्यक्ति र एक संस्था सम्मानित




रोल्पा। समाज सुधार सामुदायिक सिकाइ केन्द्र, परिवर्तन गाउँपालिका–३, रोल्पाले एक व्यक्ति र एक संस्थालाई सम्मान गरेको छ।

शुक्रबार परिवर्तन गाउँपालिका–३ वडा कार्यालय, थुनिकोटमा आयोजित कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मी लिल प्रकाश चन्द र नवदुर्गा भगवती मन्दिर, परिवर्तन–३ थुनिकोट लाई सम्मान गरिएको हो। मन्दिरको तर्फबाट मूल पुजारी दियेन्द्र थापा ले सम्मान ग्रहण गर्नुभएको थियो।

कार्यक्रम समाज सुधार सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष हिरालाल खडका को सभापतित्व तथा परिवर्तन गाउँपालिका–३ का वडा अध्यक्ष खिम विक्रम चन्द को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा समाज सुधार सामुदायिक सिकाइ केन्द्रका संस्थापक अध्यक्ष तथा सञ्चालन समिति संयोजक सूर्य प्रकाश डाँगी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

त्यसैगरी लुम्बिनी खेलकुद परिषद्का सदस्य दियेन्द्र कुमार डाँगी, रेडियो मालाश्रीका प्रतिनिधि लोकेन्द्र चन्द, नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि वीरबहादुर केसी, वडा सचिव नवीन ओली, बाल शिक्षा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी विक्रम डाँगी, बाल शिक्षा माध्यमिक विद्यालय थुनिकोटका प्रधानाध्यापक दिल बहादुर परियार, नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटी सदस्य भक्त रिजाल लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण केपी खड्का ले गर्नुभएको थियो। सम्मानित व्यक्तित्व तथा संस्थाले समाज र समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।

Facebook Comments