घोराही । दाङको घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै गणेश बेलबासेले नगर प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
घोराही उपमहानगरपालिका–१८, मसिना निवासी बेलबासेले सोमबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। उनले नगरको समग्र विकास, सुशासन, पारदर्शी प्रशासन र जनउत्तरदायी नेतृत्वलाई आफ्नो चुनावी अभियानको मुख्य आधार बनाउने बताएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै बेलबासेले नगरवासीको आवश्यकता र अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै घोराहीलाई समृद्ध, व्यवस्थित र विकासमुखी नगरका रूपमा अघि बढाउने आफ्नो लक्ष्य रहेको बताए।
उनले राजनीतिक दलभन्दा माथि उठेर नागरिकको हितलाई प्राथमिकतामा राख्दै स्वतन्त्र र उत्तरदायी नेतृत्व प्रदान गर्ने दाबी गरेका छन्। आगामी निर्वाचनमा नगरवासीको विश्वास जित्दै परिवर्तनको अभियानलाई अघि बढाउने विश्वाससमेत उनले व्यक्त गरे।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
