सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच कार्यविभाजन भएको छ।
बुधबार प्रधानमन्त्री नवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले सरकार सञ्चालनको सम्पूर्ण अधिकारी प्रधामनत्री ओलीलाई दिने र पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिने निर्णय गरेको हो।
बैठकपछि पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले दुवै अध्यक्षको कार्यविभाजन भएको बताए। प्रवक्ता श्रेष्ठका अनुसार अब पाँच वर्ष प्रचण्डले पार्टीको नेतृत्व गर्नेछन् भने प्रधानमन्त्री ओलीले पाँचैवर्ष सरकार चलाउनेछन्।
बैठकले मन्त्रिमण्डल फेरबदलको पुरै अधिकार प्रधानमन्त्रीलाई दिएको छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।