• ३ असार २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
उद्योगीलाई केही राहत, तर बजेट अझ उत्पादनमुखी हुनुपर्छ : अध्यक्ष जोशी




दाङ । दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्त जोशीले लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको बजेटमा सकारात्मक र सुधार गर्नुपर्ने दुवै पक्ष रहेको बताउनुभएको छ ।

अध्यक्ष जोशीले उद्योग तथा उद्यमशीलता प्रवर्धनसँगै नयाँ व्यवसायीलाई प्रोत्साहन गर्न व्यवसाय दर्तासँगै नवीकरणलाई निःशुल्क बनाउने व्यवस्था स्वागतयोग्य रहेको बताउनुभयो । यस निर्णयले नयाँ उद्यमीलाई व्यवसाय सुरु गर्न सहज हुने र व्यवसायलाई औपचारिक दायरामा ल्याउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

तर, बजेटले उत्पादनमुखी उद्योग, रोजगारी सिर्जना, लगानी विस्तार र निजी क्षेत्रको प्रवर्धनका लागि अपेक्षाअनुसार ठोस कार्यक्रम समेट्न नसकेको उहाँले टिप्पणी गर्नुभयो । उद्योग सञ्चालनमा देखिएका चुनौती समाधान, सहुलियतपूर्ण वित्तीय पहुँच र औद्योगिक पूर्वाधार विकासका विषयमा बजेट अझ स्पष्ट र प्रभावकारी हुनुपर्ने उहाँको धारणा छ ।

अध्यक्ष जोशीले बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन भए सकारात्मक परिणाम प्राप्त हुन सक्ने बताउँदै निजी क्षेत्रलाई अर्थतन्त्रको साझेदारका रूपमा लिएर आगामी दिनमा थप व्यवसायमैत्री नीति तथा कार्यक्रम ल्याउन प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।

उहाँका अनुसार बजेटमा केही राम्रा र स्वागतयोग्य व्यवस्था भए पनि उत्पादन वृद्धि, उद्योग विस्तार तथा रोजगारी सिर्जनालाई केन्द्रमा राखेर थप कार्यक्रम आवश्यक रहेको छ । “बजेटमा सकारात्मक संकेतहरू छन्, तर निजी क्षेत्रले अपेक्षा गरेअनुसार उद्योग र उत्पादन क्षेत्रमा अझ बढी प्राथमिकता दिनुपर्ने देखिन्छ,” अध्यक्ष जोशीले भन्नुभयो ।

Facebook Comments