• १ असार २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
महेन्द्र नमुना मावि श्रीवारीमा एनसीसीको १०० दिने तालिम सुरु




मधुसुदन गिरी
कमिरेचौर। दाङको बंगलाचुली गाउँपलिका वडा नम्बर ३ मा अवस्थित महेन्द्र नुमुना माध्यमिक विद्यालय, श्रीवारीमा जुनियर डिभिजन राष्ट्रिय सेवा दल (एनसीसी) को १०० दिने तालिम सुरु भएको छ।

नयाँ युवाहरूमा अनुशासन सिकाउने, राष्ट्रिय एकताको भावना जागृत गराउने तथा विपद् व्यवस्थापनका क्रममा उद्धार कार्य र राहत वितरणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो।

ज्वाला दल गण घोराहीद्वारा सञ्चालित उक्त तालिममा ३० जना विद्यार्थीको सहभागिता रहेको छ। तालिम अवधिभर सहभागीहरूलाई व्यक्तित्व विकास, नेतृत्व विकास तथा आत्मसुरक्षासम्बन्धी विभिन्न सीप र ज्ञान प्रदान गरिने ज्वाला दल गण घोराहीका सेनानी दिनेश भण्डारीले जानकारी दिनुभयो।साथै विपद् व्यवस्थापन सम्बन्धी व्यावहारिक प्रशिक्षणसमेत दिइने र भविस्यमा विपदको समयमा उद्दार तथा राहात कार्यमा स्वंम सेवकको भूमिका निर्वाह गर्न सक्ने दस्ता तयार गर्ने उदेश्य रहेको उहाँले बताउनुभयो ।

ज्वाला दल गण घोराहीका सेनानी दिनेश भण्डारीले तालिमको बारेमा प्रस्ट पार्नुभएको थियो। तालिमले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तालिमको अवधि १०० दिन रहेकोमा ७९ दिन संस्थागत तालिम र २१ दिन सामूहिक क्याम्प सञ्चालन गराउँदै आइरहेको विदितै छ। यस संस्थागत तालिममा ड्रिल, खुकुरी ड्रिल, नेतृत्व, एरोविक्स, फिल्ड क्राफ्ट, MR, मोडल स्पिकिङ्ग र पब्लिक स्पिकिङ्ग जस्ता विषयहरूमा ज्ञान प्रदान गरिनेछ भने वार्षिक सामूहिक क्याम्पमा यसका साथै विपद् व्यवस्थापन, नेपालको सिमाना, ट्राफिक सचेतना तथा विभिन्न विषयका विज्ञहरूबाट कक्षा सञ्चालन हुनुका साथै विभिन्न प्रतिस्पर्धात्मक खेल तथा गतिविधिहरू सञ्चालन हुनेछन।

सो अवसरमा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन, वडा नम्बर ३ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता शोभाराम विश्वकर्मा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भागेश्वर घर्ती, विद्यालयका प्रधानाध्यापक तिलक वली लगायत विद्यालका शिक्षक, व्यवस्थापन समितिका सदस्यहरुको सहभागिता रहेको थियो।

Facebook Comments