घोराही । ज्ञानसिन्धु एजुकेशनल एकेडेमी घोराहीमा विद्यार्थीका लागि आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल, रक्षाचौर तुलसीपुर दाङको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रम अन्तर्गत चार सय तीस जना विद्यार्थीको आँखा जाँच गरिएको एकेडेमीका प्रिन्सिपल हेमराज पौडेलले जानकारी दिनुभयो । जसमध्ये २६ जना विद्यार्थीलाई चश्मा प्रयोगका लागि सिफारिस गरिएको छ । दैनिक पठनपाठनमा केन्द्रित हुने विद्यार्थीहरु आँखा जाँचका लागि अस्पताल जान समस्या हुने भएकाले विद्यालयमै शिविर सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
बालबालिमा हुने बाल अन्धोपन न्यूनीकरण गर्न दृष्टि जाँच एवं दृष्टि दोषको परीक्षण गरी समयमै उपचार गर्न विद्यालय आँखा जाँच कार्यक्रम सञ्चालन गरिएको नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल, रक्षाचौर तुलसीपुर दाङले जनाएको छ । अस्पतालका बरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत शालिकराम गौतमले चालु आर्थिक वर्षभित्र दाङ, कपिलबस्तु, सल्यान, रुकुमपश्चिम र रोल्पामा गरी ३८ वटा विद्यालयमा कार्यक्रम गरिएको छ ।

करिब १३ हजार बालबालिकामा आँखा जाँच गर्दा तीन सय ७६ जनाको दृष्टिकोण पत्ता लगाएको उहाँले जानकारी दिनुभयो । विभिन्न निकायको सहयोगमा दृष्टिदोष पत्ता लागेका बालबालिकाकाको लागि निःशुल्क चश्मा वितरण गर्ने गरिएको पनि उहाँले जानकारी दिनुभयो । हरेक वर्ष कम्तीमा २५ विद्यालयमा यस्तो कार्यक्रम गर्ने लक्ष्य अस्पतालले लिएको छ ।
कतिपयमा वंशाणुगत समस्याका कारण दृष्टिदोष देखिए पनि धेरैमा मोबाइल तथा कम्प्युटरको प्रयोगबा कारण समस्या देखिने गरेको अनुमान चिकित्सकहरुले गर्ने गरेका छन् । यसबारे यथेष्ट अध्ययन नभए पनि पछिल्लो समय प्रविधिको अत्यधिक प्रयोगले बालबालिकाको आँखामा समस्या देखिने गरेको गौतमले जानकारी दिनुभयो । यसमा अभिभावकहरु सचेत हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

कतिपय बालबालिकाले मोबाइल नहेरेर खाना नै नखाने आदत बढ्न थालेको उल्लेख गर्दै उहाँले यो बालबालिकाको आँखा स्वास्थ्यका लागि घातक रहेको उल्लेख गर्दै उहाँले यसतर्फ अभिभावक सचेत रहनुपर्ने र विद्यालयहरुले पनि विद्यार्थीमार्फत सचेतना विस्तार गर्नुपर्ने उहाँले बताउनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
