दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिएनएस नर्सिङ तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीलाई बिदाई गरिएको छ । आज एक औपचारिक कार्यक्रमका बिच बिद्यार्थीलाई बिदाई गरिएको हो ।
प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह-प्राध्यापक डा. सुरेश रसाईलि, स्कुल अफ नर्सिङका प्रमुख प्रा. अम्बिका पौडेल लगायत शिक्षकहरुले १६ जना बिद्यार्थीलाई सामुहिकरुपमा टिका र मायाको चिनो प्रदान गरेर बिदाई गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका निमित्त कार्यालय प्रमुख डा.रसाईलिले तीन बर्षे शैक्षिक यात्राको विद्यार्थीहरुलाई सफलताको शुभकामना दिदै आफुले पढेका कुराहरु कार्यस्थलमा ब्यावहारिकरुपमा कार्यान्वयन गर्न सुझाब दिनुभयो । विद्यार्थी बनेर सिक्दा र परिपक्व भई बिदाई भएर जादै गर्दा आफ्नो सीप, क्षमता, बोलि, बचन, ब्यवहारलाई बिरामी मैत्री बनाउदै लैजान उहाँले आग्रह गर्नुभयो । त्यस्तै नर्सिङ प्रमुख प्रा. अम्बिका पौडेलले विद्यार्थीहरुलाई आगामी यात्राको सफलताको शुभकामना दिदै नर्सिङको स्नाकोत्तरको पढाइ पनि प्रतिष्ठानमा हुने भएकाले फेरि भेटाैला कार्यक्रममा आउन आग्रह गर्नुभयो । पढाईपछि आफुले काम गर्ने ठाउँमा प्रतिष्ठानको नाम चिनाउने गरि कार्य गर्न बिद्यार्थीलाई सुझाउनुभयो ।
सो अवसरमा विद्यार्थीहरुले आफ्नो अनुभब आदानप्रदान गर्नुका साथै आ-आफ्ना प्रस्तुती राखेका थिए । प्रतिष्ठानका बिएनएस तेस्रो बर्षका कोर्डिनेटर असिष्टेण्ट प्राध्यापक पुजा पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सन्चालन लेक्चरर सुसान्त सापकोटाले गर्नु भएको थियो ।
प्रतिष्ठानमा नर्सिङ कार्यक्रम २०८० असारदेखि सुरु भएको थियो । प्रतिष्ठानले शैक्षिक कार्यक्रम नर्सिङ हुँदै एमबिबिएस र एमडि एमएसको पढाई सुरु गरेर शैक्षिक कार्यक्रम बिस्तार गरिरहेको छ । अन्य शैक्षिक कार्यक्रम अघि बढाउन पनि पहल भइरहेको निमित्त कार्यालय प्रमुख डा. रसाईलिले बताउनुभयो । १६ जनामध्ये २ जना पेईङमा हो भने अरु सबै नेपाल सरकारको छात्रवृत्तिमा बिएनएस नर्सिङमा पढ्ने विद्यार्थी हुन ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
