• २८ जेष्ठ २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनियरिङ कलेजमा ह्याकाथन प्रतियोगिता सम्पन्न




घोराही । राप्ती इञ्जिनियरिङ कलेजमा डिप्लोमा लेभलको ह्याकाथन प्रतियोगिता सम्पन्न भएको छ । प्रविधिमा रुचि राख्ने विद्यार्थीहरुका प्रतिभालाई एकै थलोमा ल्याई नयाँ र नवप्रवर्तनात्मक समाधान तथा विकास गर्न कार्यक्रमको आयोजना गरिएको थियो ।

कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गीरीको अध्यक्षतामा भएको कार्यक्रममा कलेजमा डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङमा अध्ययनरत ६ वटा समुह सहभागी भएका थिए । प्रतिस्पर्धामा सहभागी समुहहरूले शिक्षा, स्वास्थ्य, कृषि, वातावरणर, रोजगार सम्बन्धीका चुनौतीहरूलाई प्रविधिको प्रयोगबाट समाधानका लागि आ–आफ्नो परियोजना प्रस्तुत गरेका थिए ।

निर्णायक मण्डलमा ई. सिर्जना चौधरी, सन्देश आचार्य, नविन नाथ र जगदिश वलीले प्रस्तुत परियोजनाहरूको नवप्रवर्तनशीलता, व्यवहारिकता तथा प्रविधि प्रयोगका आधारमा मूल्याङ्कन गरी विजेता टोलीहरूको घोषणा गर्नुभएको थियो । जसमा स्ट्राइकर समुहका राजन वली, मनिषा नेपाली, कृष्ण प्रसाद धोवी, सुस्मिता विष्ट प्रमथ भएका छन् ।

ट्रायो टाइटन्स समुहबाट सहभागी विशाल खड्का, रोशन के.सी., विवेक चौधरी द्वितीय र फ्यूजन फोर्स नो समुहका शोभा चौधरी र जुना खत्री भएका हुन् । उक्त समुहहरुलाई मेन्टरीङ एलिजा थापा र ज्योती शर्माले गर्नुभएको थियो । विजेता समुहलाई नगरसहित प्रमाणपत्र र मेडल प्रदान गरिएका थियो ।

आईटी क्लब अफ राप्ती ईन्जिनियरिङको समन्वयमा आयोजित कार्यक्रममा कार्यक्रमका सभा अध्यक्षले युवा प्रतिभाहरूको सिर्जनात्मक क्षमता र प्रविधिमा गरेको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले देशमा नवप्रवर्तनको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । विश्वबजारमा बढेको सुचना प्रविधि, इन्जिनियरिड र व्यवस्थापन सम्बन्धी रोजगारीको मागलाई मध्यनगर गर्दै यस कलेजले आफ्नो शिक्षण गतिविधि अगाडि बढाई रहेको देख्दा खुसी लागेको बताउनुभयो । सिकाईको क्रममा कलेजले आयोजना गर्ने यस्ता गतिविधीले राष्ट्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा टेवा पुगेको बताउनुभयो ।

कलेजका प्रशिक्षक विवेक चलाउनेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण ज्योती शर्माले गर्नुभएको थियो ।

Facebook Comments