• २२ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विश्व वातावरण दिवसको अवसरमा राप्तीमा वृक्षारोपण




भालुबाङ । विश्व वातावरण दिवसको अवसरमा दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित लालमटिया स्वास्थ्य चौकी परिसरमा शुक्रबार वृक्षारोपण गरिएको छ।

‘समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित राप्ती गाउँपालिकाको वन तथा वातावरण शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सुपारी ,आँप कल्की,पारिजात, समुन्द्री फूललगायत विभिन्न फलफूलका बिरुवा रोपिएको थियो।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका वन प्राविधिक विपिन भुसालले जानकारी दिनुभयो।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वातावरण संरक्षणका लागि बिरुवा रोपेर मात्रै नहुने भन्दै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

उहाँले जलवायु परिवर्तनका चुनौती दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै प्रकृतिमैत्री विकासलाई व्यवहारमा उतार्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

अध्यक्ष विष्टले जथाभावी प्लास्टिक तथा अन्य फोहोरजन्य वस्तु जलाउने कार्यले वातावरण प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत गम्भीर असर पार्ने भएकाले यस्ता गतिविधि तत्काल रोक्न सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्वच्छ, हरित र वातावरणमैत्री समाज निर्माणका लागि वृक्षारोपण, फोहोर व्यवस्थापन र प्राकृतिक स्रोतको संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कर्मचारी, स्वास्थ्यकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विश्व वातावरण दिवसको अवसरमा आयोजित उक्त वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै जलवायु एवं प्रकृतिमैत्री विकासको अवधारणालाई स्थानीय तहमा थप प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

Facebook Comments