दाङ । दाङको बंगलाचुली गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक पालिका अधिवेशन सम्पन्न भएको छ।
सोमबार सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै पालिका तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
अधिवेशनबाट विक्रमकुमार डाँगी पालिका सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी उपसभापतिमा नवराज वली, सचिवमा हेमन्त खनाल तथा सह–सचिवमा खिमबहादुर बैजाली चयन हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा दोर्णबहादुर महरा, कमला वली, विमला केसी, मेघराज दमाई र वसन्त डाँगी रहनुभएको छ।
अधिवेशनले पार्टीको संगठन विस्तार, सुशासन, पारदर्शिता तथा जनताका मुद्दालाई प्राथमिकतामा राख्दै स्थानीय तहमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएको छ।
त्यसैगरी अधिवेशनले पार्टीका विभिन्न तहका प्रतिनिधिहरू पनि चयन गरेको छ। केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा भक्तबहादुर ओली चयन हुनुभएको छ भने प्रदेश प्रतिनिधिमा विष्णु गौतम चयन हुनुभएको छ। जिल्ला प्रतिनिधिहरूमा छबिलाल पुलामी, पूर्ण ओली, खुम सोती मगर तथा शारदा खत्री चयन हुनुभएको छ।
नवनिर्वाचित सभापति विक्रमकुमार डाँगीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा रास्वपाका केन्द्रीय सदस्य अनन्त राज घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
अधिवेशनले बंगलाचुलीमा पार्टी संगठनलाई गाउँस्तरसम्म विस्तार गर्दै जनताको अपेक्षा अनुरूप काम गर्ने, सुशासन र उत्तरदायित्वलाई प्राथमिकतामा राख्ने तथा स्थानीय मुद्दाहरूलाई सशक्त रूपमा उठाउने संकल्प व्यक्त गरेको छ। रास्वपाको पहिलो पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै बंगलाचुलीमा पार्टीको संगठनात्मक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
