घोराही । दाङमा पहिलो पटक बौद्धिक अपाङ्गता दिवस मनाइएको छ । सुस्त मनस्थिति अभिभावक संघ दाङको आयोजना तथा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको सहयोगमा आज सोमबार घोराहीस्थित नेपाल पत्रकार महासंघको सभाहलमा एक कार्यक्रमकाबीच उक्त दिवस मनाइएको हो ।
सुस्त मनस्थिति अभिभावक संघ दाङकी अध्यक्ष निशा शर्माको अध्यक्षता भएको कार्यक्रको उद्घाटन घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डिसीले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख डिसीले बौद्धिक अपाङ्गता दिवसको शुभकामना मन्तव्य व्यक्त गर्र्दै राज्यले बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि केही गर्न खोजिरहेको बताउनुएको छ । उहाँले बौद्धिक अपाङ्गताका लागि केन्द्रीयस्तरकै रुपमा बालमन्दि विद्यालयको मास्टर प्लान हेर्दा यो घोराहीको एउटा गहना बन्ने बताउनुभएको हो । अपाङ्गताका भएका व्यक्तिका लागि तीनै तहका सकारले उनीहरुको स्याहार, बस्ने, खेल्ने, मनोरञ्जन गर्नेलगात हरेक कुराहरुको व्यवस्था गर्न लागेको भन्दै यसलाई पूर्णता दिन केही वर्ष लाग्ने बताउनुभयो । अपाङ्गताका लागि भएकै कारणले अब अपहेलित हुन नपर्ने उल्लेख गर्दै घोराही उपमहानगर सधै साथमै रहने उहाँको भनाइ थियो ।
संघ दाङकी अध्यक्ष निशा शर्माले बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले तयार पारेको बौद्धिक अपाङ्गता दिवसको घोषणापत्र बाचन गर्दै बौद्धिक अपाङ्गता भनेको व्यक्तिको बौद्धि कार्यक्षमता तथा दैनिक जीवनका व्यवहारिक सीपहरुमा उल्लेखनीय सीमितता देखिने अवस्था भएको र जुन सामान्यतया बाल्यकालमै विकसित हुने बताउनुभयो । उहाँले नेपालको राष्ट्रिय जनजणना २०७८ अनुसार कुल जनसङ्ख्याको २ दशमलव २ प्रतिशत अर्थात् छ लाख ५४ हजार सात ८२ जना व्यक्तिहरु कुनै न कुनै प्रकारको अपाङ्गतासँग बाचिरहेको उल्लेख गर्नुभयो ।
तीमध्ये एक दशमलव ७३ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु अर्थात् ११ हजार तीनसय ५८ जना बौद्धिक अपाङ्गता भएका भनेर अभिलेख गरिएको र जनगणनाले अपाङ्गतको अवस्था पहिचानतर्फ महत्वपूर्ण आधार प्रदान गरेपनि बौद्धिक अपाङ्गताको वास्तविक अवस्था अझै पर्याप्त रुपमा अभिलेखीकरण हुन नसकेको उहाँले बताउनुभयो ।
अध्यक्ष शार्माका अनुसार विशेषगरी प्रारम्भिक पहिचान, हस्तक्षेप, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, पुनस्र्थापना, सीप विकास, रोजगारी तथा स्वतन्त्र जीवनयापनका अवसहरुबाट बञ्चित रहेको अवस्था विद्यामान छ । महिलाहरु त्था बालबालिकाहरु दोहोर विभेद तथा हिंसाको जोखिममा रहेको तथा यसका साथै अभिभावक र हेरचाहकर्ताहरुले आर्थिक, सामाजिक तथा मानसिक चुनौतिहरु भोगिरहेको उहाँको भनाइ थियो ।
अबदेखि हरेक वर्षको जेठ १८ गते लाई राष्ट्रिय बौद्धिक अपाङ्गता दिवसका रुपमा मान्यता दिलाउने, बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका समस्या, आवश्यकता र अधिकारबारे राष्ट्रिय समझदारी विकास गर्ने, प्रभावित व्यक्ति तथा परिवारका आवाजलाई नीति निर्णमामा समावेश गराउने लगायताका यस घोषणापत्रका प्रमुख उद्देश्यहरु रहेका छन् ।
संघका सचिव नवराज आचार्यको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा अपाङ्ग सञ्जाल दाङका संयोजक चिन्तामणि पौडेल, बालमन्दिर विद्यालयकी शिक्षिका पुष्पा दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संघका फिल्ड अधिकृत धर्मबहादुर यादवले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
