रोल्पा । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार रोल्पाका स्थानीय तहमध्ये रुन्टीगढी गाउँपालिका कम बेरुजु हुने पालिकामध्ये दोस्रो स्थानमा परेको छ।
प्रतिवेदनअनुसार जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिका सबैभन्दा कम बेरुजु भएको पालिका बनेको छ।
नगरपालिकाको बेरुजु रकम ४ हजार ८४६ रहेको छ भने बेरुजु प्रतिशत ०.३ रहेको उल्लेख गरिएको छ।
त्यसैगरी रुन्टीगढी गाउँपालिकाको बेरुजु रकम ५ हजार ६४२ रहेको छ भने बेरुजु प्रतिशत ०.४६ रहेको छ। यससँगै गाउँपालिका जिल्लामै दोस्रो कम बेरुजु हुने स्थानीय तहका रूपमा देखिएको छ।
प्रतिवेदनमा सुनछहरी गाउँपालिका को बेरुजु रकम ६ हजार ५३६ र प्रतिशत ०.६२, लुङ्ग्री गाउँपालिका को ६ हजार ८२९ र प्रतिशत ०.५७, तथा सुनिल स्मृति गाउँपालिका को बेरुजु रकम ७ हजार ८२२ र प्रतिशत ०.५९ रहेको उल्लेख छ।
यस्तै परिवर्तन गाउँपालिका को बेरुजु रकम ८ हजार ७७ र प्रतिशत ०.६७, थवाङ गाउँपालिका को १० हजार ७३९ र प्रतिशत १.२१, तथा गंगादेव गाउँपालिका को बेरुजु रकम ११ हजार ३५५ र प्रतिशत १.१२ रहेको छ।
त्यसैगरी माडी गाउँपालिका को बेरुजु रकम १७ हजार ३८४ र प्रतिशत १.६७ रहेको छ भने सबैभन्दा बढी बेरुजु त्रिवेणी गाउँपालिका मा देखिएको छ।
त्रिवेणीको बेरुजु रकम २३ हजार २०० रहेको छ भने प्रतिशत १.६७ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
