• ७ जेष्ठ २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि सञ्चालन गर्न निर्देशन




दाङ ।  कक्षा ११ को पठनपाठनमा असार १ गतेदेखि सञ्चालन हुने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि सञ्चालन गर्न निर्देशन दिएको छ।

केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले जारी गरेको पत्रमा शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबार काठमाडौंको निर्देशनअनुसार शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक भइसकेपछि कक्षा ११ को पठनपाठन सुरु गर्न लागिएको उल्लेख गरिएको छ।

केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई सूचना प्रवाह तथा प्रचार–प्रसार गर्न आग्रह गरेको छ। साथै स्थानीय तह र विद्यालयहरूलाई आवश्यक समन्वय तथा सहजीकरण गर्दै तोकिएको मितिबाट कक्षा सञ्चालन गर्न अनुरोध गरिएको छ।

यस निर्णयसँगै एसइई उत्तीर्ण विद्यार्थीहरूलाई समयमै उच्च माध्यमिक तहको अध्ययन सुरु गर्ने बाटो खुलेको छ।

Facebook Comments