• ५ जेष्ठ २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लागूऔषध प्रयोगले बढ्दै मानसिक तथा पारिवारिक समस्या




दाङ । पछिल्लो समय बढ्दो लागूऔषध दुव्र्यसनका कारण मानसिक तथा पारिवारिक समस्या पनि बढ्दै गएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।

राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरको आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन् ।
निर्णय पुनर्स्थापना केन्द्र घोराहीको समन्वयमा मानसिक समस्या व्यवस्थापनसम्बन्धी दुई दिने योग तथा ध्यान शिविर घोराहीमा सम्पन्न भएको छ ।

सोमबार र मंगलबार सञ्चालन भएको शिविरमा पुनर्स्थापना केन्द्रमा उपचाररत पूर्वदुव्र्यसनी तथा उपचारार्थीहरूलाई मानसिक रूपमा सशक्त बनाउने, समाजमा पुनर्स्थापना गर्न सहयोग पुर्‍याउने तथा क्षमता विकास गर्ने उद्देश्य राखिएको संस्थाका कार्यालय प्रमुख गणेश ओलीले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबी गुरुङले मानसिक समस्या व्यवस्थापनका विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डा. मदनकुमार बिसीले स्वस्थ जीवनशैली तथा आहार–विहारका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

यस्तै, मोटिभेटर स्पिकर विनोद केसी तथा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका शाखा अधिकृत सरोज भण्डारीले सकारात्मक सोच, चिन्तन र व्यवहारका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।

योग प्रशिक्षक निमानन्द रिजाल र अञ्जु रेग्मी न्यौपानेले योग तथा ध्यान अभ्यास गराउनुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु ओलीको अध्यक्षता तथा स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबी गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डा. मदनकुमार बिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन निर्णय पुनर्स्थापना केन्द्रका कार्यालय प्रमुख गणेश ओलीले गर्नुभएको थियो ।

Facebook Comments