दाङ । दाङको बंगलाचुली गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तदर्थ समिति गठन गरिएको छ। विक्रम डाँगीको सभापतित्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।
समितिको उपसभापतिमा नवराज वली, सचिवमा हेमन्त खनाल, सहसचिवमा खिमबहादुर बैजाली तथा कोषाध्यक्षमा द्रोणबहादुर महरा चयन भएका छन्। यस्तै सदस्यहरूमा डिलबहादुर केसी लगायत रहेका छन्।

पार्टी संगठनलाई थप सक्रिय र चलायमान बनाउन सल्लाहकार समिति समेत गठन गरिएको छ। भक्तबहादुर वलीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति चयन गरिएको हो।
सल्लाहकार समितिका सदस्यहरूमा डम्बर खत्री र लंकबहादुर बुढा रहेका छन्।
पार्टीको केन्द्रीय निर्देशनअनुसार आगामी जेठ १७ गतेभित्र अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य रहेको नवगठित समितिका सभापति विक्रम डाँगीले जानकारी दिएका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
