• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शान्तिनगर गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने




दाङ । संजीवनि शिक्षण अस्पताल घोराही र शान्तिनगर गाँउपालीकाको सहकार्यमा दाङको शान्तिनगर गाउँपालिकामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । आगामी २०८३ साल जेठ २ गते शनिबार शान्तिनगर गाउँपालिका वडा नं. ५ बैँसास्थित सभाहलमा सञ्चालन हुने शिविरबारे बुधबार गाउँपालिकाको सभाहलमा पत्रकार भेटघाट कार्यक्रम गरी जानकारी गराइएको हो ।शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको उपस्थितिमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य शिविरमार्फत स्थानीय नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्य रहेको बताइएको थियो । विशेषगरी आर्थिक अभावका कारण नियमित स्वास्थ्य परीक्षण तथा उपचार सेवाबाट वञ्चित नागरिकलाई लक्षित गर्दै शिविर आयोजना गर्न लागिएको जनाइएको छ ।

अस्पतालका सिइओ दीपक रोकाका अनुसार शिविरमा जनरल फिजिसियन, जनरल सर्जरी, प्रसूति तथा स्त्री रोग, बाल रोग, नाक कान घाँटी तथा रेडियोलोजी सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिनेछ । साथै स्वास्थ्य परीक्षण, ल्याब टेस्ट, औषधि वितरण, भिडियो एक्स–रे तथा स्वास्थ्य परामर्श सेवा समेत निःशुल्क उपलब्ध गराइने जानकारी दिइएको छ ।

शिविर बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने बताइएको छ । कार्यक्रममा बोल्दै सिइओ रोकाले शिविरमा स्वास्थ्य जाँच गराएका बिरामीलाई थप उपचार आवश्यक परेमा संजीवनी शिक्षण अस्पतालमा आएर उपचार गर्दा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य पहुँच उपलब्ध गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ । साथै उँहाले स्थानीयवासीलाई स्वास्थ्य समस्यालाई बेवास्ता नगरी शिविरमा सहभागी भई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नुभएको छ ।

शिविरमा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई प्राथमिकताका साथ सेवा प्रदान गरिने जनाइएको छ । आयोजकले स्थानीय नागरिकलाई समयमै उपस्थित भई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन अनुरोध गरेका छन् ।

Facebook Comments