• ३१ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सी र ट्रम्प भेटवार्ता: सन् २०२६ लाई ‘ऐतिहासिक वर्ष’ बनाउने दृढता




चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार सन् २०२६ लाई चीन-अमेरिका सम्बन्धमा नयाँ अध्यायको सुरुवात गर्ने एक “ऐतिहासिक र कोशेढुङ्गा सावित हुने वर्ष” बन्ने अपेक्षा व्यक्त गर्नुभएको छ।

​बेइजिङ भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताका क्रममा राष्ट्रपति सीले चीन र अमेरिकाबीच मतभिन्नताभन्दा साझा हितका विषयहरू बढी रहेको बताउनुभयो।

​एक देशको सफलता अर्को देशका लागि अवसर भएको र स्थिर द्विपक्षीय सम्बन्ध विश्वकै लागि हितकर हुने उहाँले उल्लेख गर्नुभयो।
​चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्नुपर्नेमा जोड दिँदै सीले दुवै देशले एकअर्कालाई सफल हुन र सँगै समृद्ध बन्न सहयोग गर्नुपर्ने र नयाँ युगमा ठूला देशहरूबीच मेलमिलापको सही बाटो पहिल्याउनुपर्ने बताउनुभयो।

​”म हाम्रा दुई देश र विश्वका लागि महत्त्वपूर्ण रहेका प्रमुख मुद्दाहरूमा हाम्रो छलफलको अपेक्षा गर्दछु। साथै, चीन-अमेरिका सम्बन्धको विशाल जहाजलाई सही दिशा दिन र सन् २०२६ लाई एउटा ऐतिहासिक वर्ष बनाउन तपाईंसँग मिलेर काम गर्न चाहन्छु, जसले दुई देशको सम्बन्धमा नयाँ अध्याय खोल्नेछ,” सीले भन्नुभयो।

Facebook Comments