• २९ बैशाख २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अर्घाखाँचीमा तीर्थयात्री बोकेको बस दुर्घटना, तीनको मृत्यु, दर्जनौँ घाइते




अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ कुँडेमा मंगलबार दिउँसो भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर झलक शर्माका अनुसार ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो। बस झन्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची र पाल्पा मिसन अस्पतालतर्फ पठाइएको छ।

प्रहरीका अनुसार बस पाणिनी गाउँपालिका क्षेत्र हुँदै सुपादेउराली मन्दिर दर्शन गरेर पर्वत फर्किँदै गर्दा दुर्घटनामा परेको हो।

दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments