काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले एकल सरकार बनाएको रास्वपालाई आफ्नो विगतबारे जानकारी गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले ०६४ सालको चुनावमा अहिले रास्वपाले पाएजस्तै मत पाएर पनि जोगाउन नसकेको स्मरण गरेका हुन् ।
‘०६४सालमा तपाईंहरूजस्तै धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको नेता म हुँ । हारभन्दा जित सहन गाह्रो हुन्छ,’ उनले भने, ‘करिब तपाईंहरूकै साइजमा थियौँ केही समय पहिले । आफ्नै कमजोरीका कारण जनताको विश्वास बचाउन सकिएन ।
इतिहासले भनेको छ: संख्या स्थायी हुँदैन ढुक्क हुनुस् । जनताको समर्थन पनि शसर्त हुन्छ उनले भनेजस्तो भएन भने भोलिपल्टै।। । हामीबाट सिक्नुस् । यहाँ निषेध अपमान र प्रतिशोध होइन । विश्वास सहकार्यले प्राथमिकता पाउनुपर्छ ।’

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
