तत्कालीन महेन्द्र अस्पतालमा लामो सेवा गर्नुका साथै साविक राप्ती उपक्षेत्रीय अस्पतालको नेतृत्व सम्हालिसक्नुभएका प्रा. डा. ढुण्डीराज पौडेलले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेहालप्रति चिन्ता जाहेर गर्नुभएको छ । पछिल्लो समयमा सेवा नै ठप्प हुने स्थिति आएपछि यसको निकास के हुनसक्छ भनेर हामीले डा. पौडेलसँग सोधेका छौं, प्रस्तुत छ उहाँको विचार जस्तोको जस्तैः
२०३९ सालमा डाक्टरबिहिन अस्पतालमा हेल्थ असिष्टेन्टको रुपमा काम गरेको हुँ । पछि डा. एनडि कार्की डाक्टर आउनु भएको थियो । त्यहाँबाट एमबिबिएस पढ्न गयौं । डाक्टर बनेर दाङमै काम गर्ने धोको २०६८ सालमा नेपाल सरकारको वरिष्ठ कन्सल्टेण्ट इएनटि सर्जनको हैसियतले मिल्यो ।
संयोगबश वरिष्ठ चिकित्सक भएको नाताले अध्यक्षको जिम्मेवारी पनि निर्वाह गर्नुपर्यो केही समय । दाङ घोराही, तुलसीपुर र लमहीसमेत समेटी राप्ती अञ्चलको चिकित्सा सेवा र शिक्षाका अभिबृद्धि गर्न राप्ती चिकित्सा बिज्ञान प्रतिष्ठानको वकालत गरेको थिएँ मैले ।
मैले उपक्षेत्रीय अस्पतालमा सक्दो नाक कान घाँटीको शल्यक्रियासहितको सेवा शुरु गरेको हुँ । म एघारौं तहमा पदोन्नति भइ वीर अस्पतालको नाककान घाँटीको बिभागीय प्रमुखमा नियुक्त भइ आएको हुँ । पछि प्राध्यापक र बिषयको संयोजकको पनि जिम्मेवारी सम्हाल्नुप¥यो । चिकित्सक संघ एवं काउन्सिलमा पनि जिम्मेवारी सम्हाल्नुप¥यो ।
यी कारणले दाङ छाडे पनि भावनात्मक सम्बन्ध गाँसिएको थियो । लिन नखोजे पनि फोनबाट सुझाव पनि दिने गरिन्थ्यो । प्रतिष्ठानको ऐन बन्दा उपक्षेत्रीयलाई मात्रै समेटर बनेछ । विशेषज्ञताको हिसाबले मेरै सिनियर एवं अनुभवप्राप्त सहकर्मी उपकुलपति बन्नुभएकोमा खुशी नै थिएँ । राप्ती मात्रै होइन बाटो खुलेपछि पूर्वी दाङ सल्यानहुँदै दैलेख आछामसम्मका नागरिकका लागि नजिक पर्ने भएकाले त्यो प्रतिष्ठान तत्कालीन मध्य र सुदुरपश्चिमको पनि हव बन्ने आशा लिएको हुुँ ।
यति आशा गरेको प्रतिष्ठान बारे जेजस्ता खवरहरु संप्रेषित भएका छन, तिनले उदेक र निराशा जगाएको छ । पार्टी, नागरिक समाज, चेतनशील वर्ग र सेवाग्राहीहरु पनि प्रतिष्ठानको उन्नयन, क्षमता र सेवामा अभिबद्धि ल्याउन शुरुदेखि नै तल्लीन र केन्द्रित हुनुपथ्र्यो ।
प्रतिष्ठानलाइ सक्षम बनाउनभन्दा आफन्तलाइ सानोतिनो जागीरको लागि दबाब दिनेतिर सोच्न गलत भयो । यसप्रति तुष्टि या प्रतिष्ठाको सवाल बनाउनु पनि सही थिएन । सबै राजनीतिक पार्टीका स्थानीय या केन्द्रिय नेतृत्वहरुले प्रतिष्ठानका सवालमा एक हुनुपथ्र्यो, यो नहुनु बिडम्बना बनेको छ ।
प्रतिष्ठानको नेतृत्व प्रशासन या परिचालनमा कठोर हुनाको साथै आवश्यकताअनुसार व्यबहारिक र लचिलो हुनुपर्ने थियो । अवश्यै पनि सेवा, अध्यापन र अनुसन्धानजस्ता दायित्वहरु निर्बाह गर्नुपर्ने प्रतिष्ठानका चिकित्सकहरुका लागि उत्तम बिकल्प नन प्राक्टिसिंग नै रहेको तथ्यलाई अस्वीकार गर्न सकिन्न तर यो प्रयोजनका लागि आवश्यक बजेको ब्यबस्था गर्नतिर लाग्नुपथ्र्यो ।
प्रतिष्ठानमा तीनथरिका चिकित्सक या कर्मचारीहरु हुन्छन् । तत्कालीन अस्पताल, प्रतिष्ठान र स्वास्थ्य मन्त्रालयका । तिनको उचित ब्यबस्थापन र समायोजन हुनु जरुरी छ । सरकारी चिकित्सकहरुले पनि आफुलाइ प्राज्ञिकरुपमा ढाल्नुको बिकल्प छैन भने अस्पताल प्रशासनले सरकारी चिकित्सकलाई सम्मानपूर्वक काममा लगाउन सक्नुपर्छ ।
बिगतमा ठूलाठूला द्वन्द्वहरु निरुपण गर्न सक्षम स्थानीय एवम केन्द्रिय राजनीतीक दल र नेताहरु राप्ती प्रतिष्ठाको बचाउनका लागि एक भएर लाग्नुको विकल्प छैन ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।