• ७ बैशाख २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रवि लामिछानेलाई भेटेर के भने गृहमन्त्री गुरूङले ?




दाङ । गृहमन्त्री सुधन गुरूङले पार्टी सभापति रवि लामिछानेलाई भेटेका छन्। गृहमन्त्रीको सम्पत्ति स्रोतलाई लिएर विभिन्न खबरहरू आइरहेका छन्।

यसै सन्दर्भमा गृहमन्त्री र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता र कुराकानी भएको छ।

सम्पत्तिको स्रोत तथा सम्पत्ति शुद्धीकरण कसुरमा हाल हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग साँठगाँठ देखिएको भन्दै गृहमन्त्रीको आलोचना भइरहेको छ।

यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गृहमन्त्री गुरूङलाई सोधपुछ गरेका हुन्।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि, मन्त्री हुनुभन्दा ५ दिन अगाडिसम्म, करिब ५० दिन अवधिमा उनले ५० लाख रूपैयाँभन्दा बढीको सेयर दोस्रो बजारबाट किनेको भेटिएको थियो।

यसबाहेक दीपक भट्ट समूहको कम्तीमा दुई वटा लघु बिमा कम्पनीमा गृहमन्त्री गुरूङ थप ५० लाख रूपैयाँको संस्थापक सेयर लगानीकर्ता रहेको प्रमाण बाहिर आएपछि सभापति लामिछानेले गृहमन्त्री गुरूङलाई बोलाएर यसबारे सोधेका हुन्।

गृहमन्त्री गुरूङलाई पार्टी सभापति रवि लामिछानेले आइतबार राति नै निवासमा बोलाउनुभएको थियो, रास्वपा स्रोतले सेतोपाटीसँग भन्यो, सभापतिलाई भेट्न गृहमन्त्री गुरूङ आइतबार राति ८ बजे बुढानीलकण्ठ निवास पुगेका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा गृहमन्त्री गुरूङले आफूसँग भएको सेयर उल्लेख गरेका थिएनन्। यहीँबाट शंका उब्जिएको थियो।

सभापतिसँगको भेटमा गृहमन्त्री गुरूङले आफूले वैध आयबाटै सेयर खरिद गरेको जानकारी दिएको रास्वपाका एक नेताले बताए।

गृहमन्त्री गुरूङले आफूले वैध स्रोतबाटै सेयर खरिद गरेको बताउनुभएको थियो। उहाँले बैंकिङ कारोवारको विवरण पनि देखाउनुभएको थियो, उनले भने।

गृहमन्त्री गुरूङले आफ्नो तर्फबाट प्रष्टीकरण दिए पनि पार्टी अनुशासन आयोगले यसबारे बुझिरहेको ती नेताले बताए।

सोमबार अपराह्न ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ। यहाँ पनि यसबारे छलफल हुने नेताहरूले बताएका छन्।

ुगृहमन्त्रीले देखाएको विवरणबारे पनि अध्ययन हुनेछ। गलत नै देखिए पार्टीले जोगाउने प्रश्न आउँदैन,ु रास्वपाका एक नेताले भने, गृहमन्त्री गुरूङले आफूले अवैध तवरले सेयर खरिद नगरेको भनेकोले यसको सत्यताबारे पनि अध्ययन भइरहेको छ।

रास्वपाका नेताहरूले बताए अनुसार हिरासतमा रहेका व्यवसायी भट्टसँग गृहमन्त्री गुरूङको कनेक्सन देखिएकोबारे पार्टीभित्र यसअघि नै प्रश्न उठेको थियो। त्यतिबेला नै गृहमन्त्री गुरूङले भट्टको अवैध कारोवार, व्यवसायमा आफू नजोडिने भन्दै नेतृत्वलाई आश्वस्त पारेका थिए।

उहाँमाथि कानुनी प्रश्न छैनन्, उहाँले गलत गर्नुभएको पनि छैन, उनको सचिवालयले भन्यो।

Facebook Comments