• ६ बैशाख २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जापान कपमा नेपाली युवा बिकाश खड्काको ऐतिहासिक तेहेरो सतक




काठमाडौं। जापानमा जारी जापान कप ४० ओभर कम्युनिटी कप अन्तर्गत सानो अन्तराष्ट्रिय क्रिकेट खेलमैदानमा सम्पन्न ४० ओभरको खेलमा अछाम जिल्ला घर भई हाल जापानमा बसोबास गर्दै आएका २० वर्षे युवा खेलाडी बिकाश खड्काले ऐतिहासिक तेहेरो सतक प्रहार गरेका छन्।

Saitama Royals बाट खेल्दै उनले Tokyo Daredevils विरुद्ध अविश्वसनीय ३०९ रनको विशाल पारी खेलेका थिए। उनले आफ्नो उक्त विस्फोटक इनिङ्समा केवल १३९ बलमा २९ छक्का र २५ चौका प्रहार गरेका थिए, जुन अत्यन्तै दुर्लभ र प्रभावशाली प्रदर्शन मानिन्छ।

उनकै उत्कृष्ट ब्याटिङको मद्दतमा सैतामा रोयल्सले विपक्षी टोलीलाई ३८१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। थप रूपमा, पछिल्ला केही वर्षयता जापानमा क्रिकेटको विकास तीव्र रूपमा हुँदै गएको छ।

हाल करिब दुई दर्जन नेपाली क्रिकेट क्लबहरू सक्रिय छन् भने ५० भन्दा बढी अन्य विदेशी क्लबहरूले पनि प्रतिस्पर्धामा सहभागिता जनाउँदै आएका छन्।

Facebook Comments