दाङ । घोराहीमा ८औँ संस्करणको ‘म्यारिड कप’ ओपन फुटसल प्रतियोगिता आयोजना हुने भएको छ।
म्यारिड टिम घोराहीको आयोजनामा हुन लागेको प्रतियोगिताले जिल्लामा फुटसल खेलप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी पाउनेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उदीयमान खेलाडीलाई जनही रु. ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले बैशाख ८ गतेसम्म टिम दर्ता गर्न सक्नेछन् भने खेल बैशाख १० गतेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ। दर्ता शुल्क रु. ५ हजार ५ सय तोकिएको छ। एउटै व्यक्ति वा समूहले दुई टोली सहभागी गराएमा रु. १ हजार छुटको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दिएको छ।
स्थानीय स्तरमा फुटसल खेलको विकास तथा खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
