• २४ चैत्र २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा चितुवा छोप्न खोज्दा २ जना घाइते




दाङ। दाङ देउखुरीको भालुबाङमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् ।

घाइते हुनेमा राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ ।

मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ अस्पताल नजिकको बस्तीमा चितुवा पसेपछि खड्का र केसीले चितुवालाई छोप्न खोज्दा चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् । चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय लमहीलाई बुझाएका छन् । नियन्त्रणमा रहेको चितुवा पनि घाइते अवस्थामा छ ।

Facebook Comments