घोराही । दाङको घोराहीमा मिडिया, कानून र संहितासम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा महासंघ दाङ शाखाले घोराही उपमहानगरपालिकाको सहयोगमा पत्रकारहरुका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो ।
महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता एवं महासंघका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यता भएको कार्यक्रममा प्रमुख अतिथि प्रियासनले पत्रकारहरुले पत्रकारको आचारसंहिता र मिडिया कानूनको परिधिभित्र रहेर व्यवस्थित र मर्यादित पत्रकारिता गर्नुपर्ने बताउनुभयो । उहाँले समाचार लेखेकै आधारमा कुनैपनि पत्रकारलाई डर, धम्की र त्रास दिन नहुने कुरामा जोड दिनुभयो । समयअनुसार न्यूमिडियालाई पनि मूलधार पत्रकारिता लैजानुपर्ने उहाँको भनाइ थियो ।
त्यस्तै महासंघका अध्यक्ष सन्तोष सुवेदीले दुइ दिनसम्मको तालिममा सहभागी प्रशिक्षार्थीहरुलाइ धन्यावाद व्यक्त गर्दै पत्रकारहरुले पत्रकारिता पेशालाइ मर्यादित बनाउनुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता गर्ने पत्रकारहरुले पत्रकार आचारसंहिता पूर्ण पालन गर्नुपर्ने सुझाव दिनुभयो । महासंघले पत्रकारहरुको क्षमता अभिव्रदिका लागि विगतदेखि नै पत्रकारसम्बन्धी तालिम गर्दै आइरहेको कुरामा जोड दिदै आगामी दिनमा अझै एडभान्स खालका तालिम तथा प्रशिक्षण कार्यत्रःमहरु आयोजना गर्ने उहाँको भनाइ थियो ।
हिजो र आज दुईसम्म चलेको प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाइ नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुदीप गैतम र महासंघका सल्लाहकार दुर्गालाल केसीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव जेएन सागरले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
