घोराही । गैरागाउँ खानेपानी उपभोक्ता समितिको प्रथम साधारण सभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ।
समितिको अध्यक्षमा विश्वराज आचार्य चयन हुनुभएको छ भने उपाध्यक्षमा दिलबहादुर वली चयन हुनुभएको छ। त्यसैगरी सचिवमा दर्जित रोका मगर र कोषाध्यक्षमा प्रमिला गौतम चयन हुनुभएको छ।

सदस्यहरूमा रमन चौधरी, तारा प्रसाद चौधरी, दण्डपानी घिमिरे, उषा चौधरी र पवित्रा देवी कवर मगर चयन हुनुभएको छ।
यसैगरी लेखा समितिको संयोजकमा सिताराम चौधरी चयन हुनुभएको छ भने सदस्यहरूमा पोषण प्रसाद पोख्रेल र खडक बहादुर वली चयन हुनुभएको छ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई वीरकेशरी गौतमले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
