दाङ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशका तराईमा आज (शुक्रबार) प्रतिघण्टा ५०-६० किमिसम्मको हुरी चल्ने सम्भावना छ।
महाशाखाले आज बिहान ११ बजे हुरीबतारसम्बन्धी अध्यावधिक सूचना जारी गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सजगता अपनाउन सुझाव दिएको छ।
सूचनामा भनिएको छ, ‘आज चैत्र ०६ गते (शुक्रबार) मधेस प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी (करिब ५०-६० किमि/घण्टा) चल्ने सम्भावना छ। यसकारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसबाट हुन असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।’
साथै मौसम महाशाखाले यस विषयमा निरन्तर अनुगमन गरिरहेको र नियमित रूपमा अध्यावधिक जानकारी गराइने जानकारी दिँदै सबैलाई अध्यावधिक मौसमी सूचना हेर्न अनुरोध गरेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
