• ८ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नरेश खातीको शब्द–संगीतमा ‘बडिघाटैमा’ बजारमा




दाङ । लोक संगीतको मौलिक स्वाद बोकेको नयाँ गीत ‘बडिघाटैमा’ सार्वजनिक भएको छ। गायक नरेश खाती र गायिका सरिता सुनारको सुमधुर स्वरमा सजिएको उक्त गीतले दर्शक तथा श्रोतामाझ विशेष आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

लोक भाकामा आधारित यस गीतमा शब्द तथा संगीत स्वयं नरेश खातीकै रहेको छ। ग्रामीण परिवेश, संस्कृति र भावनालाई समेट्दै तयार पारिएको ‘बडिघाटैमा’ ले नेपाली लोक संगीतप्रेमीहरूको मन जित्ने विश्वास गरिएको छ ।

गीतको संगीत संयोजन बिशाल निरौलाले गरेका छन् भने रेकर्डिस्टका रूपमा रमेश खड्काले काम गरेका छन्। मिक्सिङ तथा मास्टरिङ विनोद परियारले गरेका हुन्। ओजोन स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो तथा भिडियो निर्माण गोरक्ष्य म्युजिकले गरेको हो।

नरेश खातीकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा स्वयं नरेश खाती र सरिता सुनारले अभिनय गरेका छन्। भिडियोमा प्रस्तुत कथा, भाव र अभिव्यक्तिले दर्शकको ध्यान आकर्षित गर्ने देखिन्छ।

भिडियोतर्फ सम्पादन नवीन घर्ती मगरले गरेका छन् भने छायांकन करण चैसिर र उनको टिमले गरेको हो। प्राकृतिक दृश्य, ग्रामीण जीवनशैली तथा मौलिक पहिरनसहित प्रस्तुत गरिएको भिडियोले गीतको सौन्दर्यलाई थप उचाइ दिएको छ।

समग्रमा ‘बडिघाटैमा’ ले नेपाली लोक संगीतको मौलिकता जोगाउँदै नयाँ पुस्तामाझ यसको आकर्षण थप बढाउने विश्वास गरिएको छ।

 

Facebook Comments