• १६ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती–२ मा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता सुरु




देउखुरी। दाङको राप्ती गाउँपालिका २ नम्बर वडा कार्यालयद्वारा आयोजित अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ।

आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रतियोगिता सञ्चालन गरिएको हो।

प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडाबाट ८ समूह तथा ३० वर्ष माथि उमेर समूहका ४ समूहले सहभागिता जनाएका छन्।

प्रतियोगिता फागुन ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको उद्घाटन राप्ती गाउँपालिका–२ का वडा अध्यक्ष पहलवान चौधरीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

उद्घाटन समारोहमा प्रमुख अतिथि विष्टले खेलकुदले युवाहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

यस्ता प्रतियोगिताले युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्दै अनुशासन र एकताको भावना विकास गर्न सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारी, वडा नम्बर ४ का अध्यक्ष वीर बहादुर चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वडा सदस्य मन बहादुर पुन मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव सीता भण्डारीले गर्नुभएको थियो।

राप्ती गाउँपालिका–२ बराखुटीस्थित टुडिखेल मैदानमा भइरहेको प्रतियोगितामा अन्तर वडा तर्फ प्रथम हुने टिमलाई नगद रु २५ हजार र द्वितीय हुने टिमलाई रु १८ हजार पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, ३० वर्ष माथिका खेलाडीहरूको प्रतियोगितामा प्रथमलाई रु ७ हजार र द्वितीयलाई रु ५ हजार पुरस्कार दिइनेछ।

प्रतियोगिताले युवाहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै आपसी एकता र सहकार्यको भावना विकास गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

Facebook Comments