• ३ चैत्र २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भिएन स्कूलको अभिभावक भेला सम्पन्न




घोराही । घोराही उपमहानगरपालिका – १५ स्थित भिएन स्कूलको अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयले विद्यार्थीहरुको शिक्षण सिकाइलाई थप व्यवस्थित,  सिर्जनात्मक र रचनात्मक बनाउनका लागि  मंगलबार विद्यालयमै पिजीदेखि कक्षा १ सम्मको अभिभावक भेला आयोजना गरेको थियो ।

विद्यालयका सिइओ चन्द्रप्रकाश खनालले पिजीदेखि  कक्षा -१ सम्म अध्ययन गर्ने बालबालिकाहरुलाई पढाइमा तनाव दिन नहुने बताउनुभयो ।  पिजीदेखि कक्षा -१ सम्म पढ्ने बालबालिकाहरुलाई पढाइमा तनाव दिएमा मनोबैज्ञानिक हुने असर पर्न सक्ने  र त्यसबाट बालबालिकाहरुमा मानसिक असन्तुलन हुनेभएको हुँदा पढाइमा दबाब दिन नहुने उहाँको जोड थियो ।

सूचना प्रविधिको तीब्र विकाससँगै बालबालिकाहरुमा मोबाइल प्रयोग बढ्दै गएको हुँदा घरमा बालबालिकाहरुलाई मोबाइल प्रयोगबाट टाढा राख्नुपर्ने सिइओ खनालले बताउनुभयो । बालबालिकाहरुको पढाइ राम्रो बनाउनका लागि विद्यालय, शिक्षक र अभिभावकहरुबीच त्रिकोणात्मक सम्बन्ध कामय रहनुपर्ने उहाँको भनाइ थियो । विद्यालयले आफ्नो स्थापना कालदेखि  शिक्षालाई गुणस्तरीयसँगै व्यवहारिक शिक्षालाई जोड दिँदै आएको र आगामी शैक्षिकसत्रदेखि थप नयाँ योजनासहित अगाडि बढ्न लागेको उहाँले बताउनुभयो । विद्यालयले विद्यार्थीहरुको  क्षमताहरुको आधारमा विभिन्न छात्रवृत्तिको व्यवस्था गरिएको समेत उहाँले बताउनुभएको थियो ।

विद्यालयका डारेक्टर वसन्तप्रसाद रिजालले समग्र  विद्यालयको शिक्षण पद्धतिको बारेमा जानकारी गराउँदै यही चैत ८ गतेदेखि वार्षिक परीक्षा सञ्चालन हुन लागेको हुँदा विद्यालयमा पढाएका नोटहरु घरमा पनि अभिभावकले आफ्ना बालबालिकालाई पढाइमा समन्वय गरिदिनुपर्ने बताउनुभयो । उहाँले बालबालिकाहरुमा देखिने व्यबहार कस्तो बनाउने भन्ने कुरा घरको संस्कार र संस्कृतिले प्रभाव पार्ने भएको हुँदा त्यसतर्फ पनि अभिभावकहरु गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । बालबालिकाहरुमा अनुशासन भएमात्र संस्कार  र व्यवहारमा परिवर्तन आउने भएको हुँदा घरको वातावरण पनि अनुशासनको दायरा रहनुपर्ने उहाँको भनाइ थियो ।

डाइरेक्टर रिजालले विद्यालयले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै आगामी शैक्षिकसत्रदेखि वार्षिक रुपमा विद्यालयमै तीनपटक बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरिने बताउनुभयो ।

मन्टेश्वरीकी कोर्डिनेटर लक्ष्मी चौधरीले  विद्यार्थीहरुको क्षमताको आधारमा शिक्षण विधिलाई अगाडि बढाएको बताउनुभयो । उहाँले बालबालिकाहरुको शारीरिक, मानसिक र बौद्धिकलाई मध्यनजर गर्दै शिक्षण सिकाइलाई प्रभाकारी बनाएको कुरामा जोड दिनुभएको थियो ।

विद्यालयका सिइओ चन्द्रप्रकाश खनालको अध्यक्षतामा भएको अभिभावक भेलामा उपस्थित भएका अभिभावकहरुले विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार हुँदै गएकोमा प्रशंसा व्यक्त  गरेका थिए ।

कार्यक्रमको सञ्चालन मन्टेश्वरी शिक्षिका सिर्जना बस्नेतले गर्नुभएको थियो ।

Facebook Comments