• ९ जेष्ठ २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराही बनाऔँ अभियानद्वारा सर्रामा रहेको बाल अस्पताल संरक्षण र सञ्चालन गर्न माग




दाङ । घोराही बनाऔँ अभियानले घोराही उपमहानगरपालिका–१६ सर्रामा रहेको बाल अस्पताल संरक्षण गरी पुनः सञ्चालन गर्न माग गरेको छ।

अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा पुगेको टोलीले अस्पतालको स्थलगत अनुगमनपछि जिल्ला प्रशासन कार्यालय दाङ र सम्बन्धित अस्पतालका पदाधिकारीहरूसँग भेटघाट गर्दै यस्तो माग गरेको हो।

अभियानका अनुसार अस्पतालको भवन जीर्ण बन्दै गएको छ भने अस्पताल परिसर झारजंगलले भरिएको छ। लामो समयदेखि अस्पताल बन्द हुँदा बालबालिका आवश्यक बाल स्वास्थ्य सेवाबाट वञ्चित भएको भन्दै टोलीले शुक्रबार जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र समेत बुझाएको छ।
ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय दाङकी निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले यस विषयमा छिट्टै विशेष छलफल र आवश्यक कार्यक्रम गरिने बताउनुभयो।

यसैगरी अभियानको टोलीले अस्पतालका अध्यक्ष प्रदीप योगी तथा अन्य सरोकारवाला निकायसँग पनि भेटघाट गरेको छ। अस्पतालको भवन संरक्षण र पुनः सञ्चालनका विषयमा अस्पताल व्यवस्थापन समिति तथा सम्बन्धित निकायसँग विशेष छलफल गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

वि.सं. २०६६ सालमा स्थापना भएको उक्त उमाशंकर बाल अस्पताल निर्माणमा भारतीय दूतावास, नेपाल सरकार तथा विभिन्न दाताबाट करोडौँ रुपैयाँ खर्च भएको बताइएको छ। दुईतले सुविधासम्पन्न पक्की भवन र प्रशस्त जग्गा रहेको अस्पताल पुनः सञ्चालन हुन सके बाल स्वास्थ्य सेवामा ठूलो सहयोग पुग्ने स्थानीयवासीहरूको भनाइ छ।

Facebook Comments