• १६ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भिएन स्कूल एण्ड कलेजले मनायो ३५ औं वार्षिकोत्सब




घोराही । दाङको घोराही उपमहानगरपालिका – १५ स्थित भिएन स्कूल एण्ड कलेजले आफ्नो ३५ औं वार्षिकोत्सब समारोह – २०८२ भब्य रुपमा मनाएको छ । विद्यालयले शनिबार विद्यालयकै प्रांगणमा एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द प्रसाद न्यौपानेको अध्यक्षता एवं नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका रजिस्ट्रार माधव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि अधिकारीले संस्कारसहितको शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । उहाँले संस्कार सबैभन्दा महत्वपूर्ण कुरा भएको हँुदा शिक्षामा संस्कार जोडिनुपर्ने समेत बताउनुभयो । शिक्षामा नैतिक र संस्कार नजोडिएसम्म शिक्षाको काम नहुने उहाँको जोड थियो । देशलाई राम्रो बनाउनका लागि संस्कारसहितको विद्यार्थी उत्पादन र सकारात्मक चिन्तनबाट विद्यार्थीहरुलाई अगाडि बढाउनपर्ने उहाँले बताउनुभयो । बालबालिकाहरुलाई प्रेसरमा नभएर उनीहरुको इच्छाअनुसारको शिक्षा दिनुपर्ने बताउनुभयो । उहाँले आधारभूत ज्ञान सबै विषयको चाहिने तर कुनै एक निश्चित विषयमा पोख्त हुनुपर्ने कुरामा जोड दिनुभयो । एउटा विद्यालय सफल हुनका लागि सिंगो टिम नै क्रियाशील हुनुपर्ने र त्यो टिमले नै विद्यालयलाई सफलतामा पु¥याउने बताउनुभयो । अहिले नेपालमा पढिरहेको शिक्षा मौलिक नभएर विदेशी शिक्षा पढिरहेको समेत उहाँको भनाइ थियो । विद्यालयका सिइओ चन्द्रप्रकाश खनालले विद्यालय स्थापना कालदेखि नै विद्यालयले गुणस्तरीय शिक्षासँगै व्यवहारिक शिक्षालाई जोडदिँदै आइरहेका बताउनुभयो । उहाँले नयाँ टिम र नयाँ व्यवस्थापनाका साथ सञ्चालनमा आएको विद्यालयले छोटो समयमै उलेख्य शैक्षिक उपलब्धिहरु हासिल गर्न सफल भएको समेत बताउनुभयो । छोटो समयमै विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धीले गर्दा नै विद्यार्थी र अभिभावकहरुको साथ पाइरहेका हुँदा आगमी दिनमा यो साथ र सहयोग निरन्तर पाउने विद्यालयको अपेक्षा रहेको उहाँले बताउनुभयो ।
विद्यालयले विद्यालय र शिक्षालाई उत्कृष्ट बनाउनका प्रविधि, नैतिक र संस्कारमा आधारित शिक्षालाई सँगसँगै जोडेर अगाडि बढाएका छौं, उहाँले भन्नुभयो । विद्यालयलाई उत्कृष्ट र नमूना बनाउनका लागि विद्यालय प्रशासन टिमले अल्पकालिन र दीर्घकालिन योजना विशेष ध्यान दिएको समेत सिइओ खनालले बताउनुभएको थियो । प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले नेपालमा सञ्चालित निजी विद्यालयहरु शिक्षासँगै ज्ञानको ज्योति छरिरहेको बताउनुभयो । उहाँले निजी विद्याहरुले विद्याहरुमा भएको अन्तरनिहित क्षमताको उजागर गरिरहेको र समग्र शैक्षिक गुणस्तरमा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको समेत बताउनुभयो । यो कलेजले बिगतदेखि नै जनशक्ति उत्पादन गर्दै जिल्ला स्थापित शैक्षिक संस्थाको रुपमा रहँदै आएको उहाँले बताउनुभयो । कुनैपनि विद्यालय सफल हुनका लागि सञ्चालक टिमले निर्धारण गर्ने उहाँको भनाइ थियो । बालबालिकाको भविष्य निर्माण गर्नका लागि घर पहिलो पाठशाला भएको हुँदा घर विद्यालय जस्तो हुनुपर्ने भएकोले अभिभावकले छोराछोरीहरुलाई समय दिन सक्नुपर्ने उहाँले बताउनुभयो ।
घोराही बनाऔं अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले दाङको समग्र शैक्षिक उन्नति महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले यस कलेजले विगतमा जिल्लामा धेरै क्रियाशील पत्रकार उत्पादन गरेको समेत बताउनुभयो । अहिलेको शिक्षा गुणस्तरीयसँगै व्यवहारिक हुनुपर्नेमा कुरामा जोडदिँदै विद्यालयबाट उत्पादन हुने विद्यार्थी भोलिका दिनमा जस्तोसुकै परिस्थितिमा पनि बिक्ने र टिक्ने खालको शिक्षा विद्यार्थीलाई दिनुपर्ने उहाँको भनाइ थियो ।

प्याब्सन घोराहीका उपाध्यक्ष मानसिंह घर्तीले अहिले बालबालिकाहरुमा नपढ्ने लगायतका थुप्रै समस्याहरु रहेको बताउनुभयो । उहाँले बालबालिकाहरुमा भएको कमीकमजोरी पत्ता लगाउनका लागि अभिभावकहरुले गम्भीर भएर सोच्नुपर्ने समेत बताउनुभयो । बालबालिकामा भएको समस्या पहिचान गर्न सकेमात्र उनीहरुमा भएको समस्या समाधान गर्न सकिने उहाँको भनाइ थियो ।

विद्यालयकी भ्वाइस प्रिन्सिपल शान्तिदेवी हमालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय सदस्य शरद अधिकारी, सिस्नोपानी अध्यक्ष डा. लोकराज पराजुली, खगेन्द्र नवजीवन केन्द्र घोराही दाङका कोषाध्यक्ष बसन्तराज भट्ट, विद्यालयका डाइरेक्टर डा. प्रकाश सुवेदी, डा. शिशिर सुवेदी, गेहेन्द्रबहादुर बस्नेत, शिक्षक अभिभावक संघका अध्यक्ष जानुका बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमलाई भब्य र सब्य बनाउनका लागि विद्यार्थीहरुले विभिन्न भेषभूषाका पोषा लगाएर एक तथा सामूहिक नृत्य, योगा, सन्देमूलक कविता, गीत र विज्ञान प्रदर्शनी गरेका थिए । साथै वार्षिकोत्सवमा विद्यालयका सञ्चालनक समितिका सदस्यहरु, शेयर सदस्यहरु, शिक्षक तथा शिक्षिका, विद्यार्थी र अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका सिर्जना अधिकारीले गर्नुभएको थियो ।

Facebook Comments