• १४ फाल्गुन २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दलित समुदायलाई नमूना मतदानसहित मतदाता शिक्षा




घोराही– आगामी ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ लाई लक्षित गर्दै घोराहीमा दलित समुदायका महिला तथा युवायुवतीलाई सहभागी गराई मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
महिला सेवा संस्था नेपालको आयोजना तथा महिला कानुन र विकास मञ्चको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रममा दलित समुदायका महिला र १८ वर्ष पुगेका युवायुवतीलाई निर्वाचनको महत्व,मतदान गर्ने तरिका, मतपत्र भर्ने प्रक्रिया तथा मत बदर हुन नदिन ध्यान दिनुपर्ने विषयबारे जानकारी दिइएको थियो। सहभागीहरूले अभ्यासका रूपमा नमूना मतदान गर्दै प्रत्यक्ष अनुभवसमेत लिएका थिए।

बुधबार घोराही–१३ स्थित बादी समुदायमा सञ्चालन गरिएको नमूना मतदान केन्द्रमा ५७ जनाले मतदान गरेका थिए। जसमध्ये प्रत्यक्षतर्फ १ मत र समानुपातिकतर्फ २ मत बदर भएको निर्वाचन अधिकृतको रुपमा रहनुभएकी प्रमिता चौधरीले जानकारी दिनुभयो। नमूना मतदानमार्फत सहभागीहरूले सही तरिकाले मत हाल्ने सीप सिकेको उहाँको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा सदस्य रामकली घर्ती मगर तथा पर्यवेक्षकको रुपमा रेमन्ता पुनको उपस्थिति रहेको थियो। प्रमुख अतिथी मगरले स्थानीय स्तरमै सञ्चालन गरिएको यस किसिमको मतदाता शिक्षा कार्यक्रमले दलित समुदायमा निर्वाचनप्रति जागरुकता बढाउनुका साथै सहभागिता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताउनुभयो ।

मतदाता पूजा बादी, शान्ता बादी र मोहन सुनारले निर्वाचनको महत्व तथा मतदान प्रक्रियाबारे स्पष्ट जानकारी पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए। उनीहरूले आगामी निर्वाचनमा सही ढंगले मतदान गर्ने आत्मविश्वास बढेको बताएका थिए।।

Facebook Comments