घोराही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले दाङ निर्वाचन क्षेत्र नं. २ मा चुनाव प्रचारप्रसार तीब्र बनाएको छ । पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि चुनानी प्रचारप्रसार तीब्र बनाएको हो ।
क्षेत्र नं. २ का मूल निर्वाचन परिचालन समितिका संयोजक पाटन सीले चुनाव केन्द्रित प्रचारप्रसार अभियानलाई तीब्र बनाएको जानकारी दिनुभयो । उहाँले निर्वाचन आयोगको नियमअनुसार समितिले फागुन ४ गतेदेखि सुरु गरेको प्रचारप्रसार अभियान फागुन १८ गतेसम्म सञ्चालन हुने बताउनुभयो । सोही अभियान अनुसार आज बिहीबार समितिले घोराही -१६ का विभिन्न गाउँ तथा टोलहरुमा मतदाताहरुसँग भेटघाट कार्यक्रम सम्पन्न गरिएको समेत उहाँले बताउनुभएको थियो ।
प्रचारप्रसार अभियानको क्रममा दाङ क्षेत्र नं. २ का समानुपातिक उम्मेदवार अशोका कुमारी भण्डारीले मतदाताहरुसँग भेटघाटलाई तीब्र बनाउनुभएको छ । उहाँले आज घोराही -१६ का मतदाताहरुसँग भेटघाट गर्दै समानुपातिकतर्फको मतपत्रमा रहेको गुलाफ चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन अपील गर्नुभएको थियो ।
भेटघाटको क्रममा मतदाताहरुको गुनासो र जिज्ञासाको जवाफ दिँदै उहाँले निर्वाचनमा पार्टी र उम्मेदवारहरुले चुनाव जितेपनि नजितेपनि सदैव जनताकै लागि काम गर्ने र जनता सँगसँगै हुने प्रतिवद्द्ता जनाएको भएको थियो । पुराना दल भ्रष्ट र नयाँ भनिएका पार्टीका उम्मेदवारीहरु परीक्षण भैसकेको र फेरिपनि जनतालाई झुक्याउन खोजेको भन्दै अहिले पहिलोपटक निर्वाचनमा होमिएको विप्लव नेतृत्वको नेकपा माओवादीका उम्मेदवारलाई भोट दिएर जिताउनुपर्ने उहाँको भनाइ थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
