• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शान्ति र स्थिरताका लागि कांग्रेस आवश्यक : घिमिरे




दाङ । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस का तर्फबाट दाङ क्षेत्र नम्बर–२ का उम्मेदवार किरण किशोर घिमिरे सहितको प्रचारप्रसार टोलीले घोराही–८ ढकलपुर, बुडनिया र दुन्द्रा टोल क्षेत्रमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

घरदैलो अभियानका क्रममा उम्मेदवार घिमिरेले विकास, सुशासन र जनताको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीयवासीले “अरूलाई पटक–पटक हेर्यौं, यसपटक किरण किशोर घिमिरेलाई हेर्छौं” भन्ने प्रतिक्रिया दिएका थिए।

उम्मेदवार घिमिरेले देशमा शान्ति, स्थिरता, संविधान र लोकतन्त्रको रक्षा गर्न कांग्रेसको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो। भेटघाटका क्रममा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, सिँचाइ र रोजगारीका विषयमा स्थानीयसँग अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, महासमिति सदस्य भूप बहादुर डाँगी, दाङ क्षेत्र नम्बर–२ (ख) का सभापति अभियान बस्नेत, सचिव तिलक केसी तथा वडा नम्बर–८ का सभापति श्रवण रजौरे लगायत कार्यकर्ताको उपस्थिति रहेको थियो।

Facebook Comments