• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ–२ मा प्रलोपा उम्मेदवार नै नेकपामा प्रवेश




घोराही । दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका प्रगतिशील लोकतान्त्रिक पार्टीका इन्जिनियर प्रतीक अधिकारीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार निर्मल आचार्यलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ।

आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमार्फत अधिकारीले आफू नेपाली कम्युनिस्ट पार्टीमा फर्किएको औपचारिक घोषणा गर्दै आगामी निर्वाचनमा आचार्यलाई जिताउन सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसअघि दुई दिनअघि मात्र आम जनता पार्टीका उम्मेदवार कृष्णबहादुर बिकले पनि आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै आचार्यलाई समर्थन गर्ने घोषणा गर्नुभएको थियो।

यससँगै दाङ–२ मा आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने उम्मेदवारको संख्या दुई पुगेको छ।

Facebook Comments