श्रवण कुमार यादव
दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव विप्लव सी आज दाङ आउने भएका छन्।
देउखुरी क्षेत्रलाई प्राथमिकता दिँदै महासचिव विप्लवले आज दाङ क्षेत्र नम्बर १ अन्तर्गत देउखुरीको भालुबाङमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।
देउखुरीको कार्यक्रमपछि महासचिव विप्लव आजै तुलसीपुर पुग्नेछन्। त्यहाँ दाङ क्षेत्र नम्बर ३ को चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। तुलसीपुरस्थित बिएसएस पार्टी प्यालेसको प्राङ्गणमा दिउँसो १२ बजेदेखि सुरु हुने सभामा सामना सांस्कृतिक परिवारले सांगीतिक प्रस्तुति समेत प्रस्तुत गर्नेछ।
पहिलोपटक संसदीय निर्वाचनमा होमिएको नेकपा (माओवादी) ले देउखुरीलाई महत्वपूर्ण राजनीतिक केन्द्रका रूपमा हेरेको छ जसको चुनाव चिन्ह गुलाफको फूल रहेको छ।
कार्यक्रममा दाङ क्षेत्र नम्बर १ (देउखुरी) र ३ (तुलसीपुर) क्षेत्रकाका सम्पूर्ण मतदाता तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अपिल गरेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
