दाङ । एनएमबि बैंक घोराही शाखाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई पाँच थान एसि सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बिच बैंक शाखा घोराहीका म्यानेजर कृष्णप्रसाद भट्टराई र ऋण अधिकृत प्रबिण डाँगीले संयुक्तरुपमा प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा डा. जनार्दन पन्थिलाई एसि सहयोग हस्तान्तरण गर्नु भएको हो ।
प्रतिष्ठानको आईसियु, एनआईसियु कक्षमा उपचारार्थ बिरामिलाई बातानुकुलीत तापक्रममा राख्न तथा बातानुकुलित अबस्थामा राख्नुपर्ने मेसिनरि औजार, उपकरणमा समेत यसमा प्रयोग हुने प्राडा पन्थिले बताउनु भयो ।
प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. लम्सालले प्रतिष्ठानका महत्वपुर्ण उपकरणलाई सुरक्षित राख्न एसिले महत्वपुर्ण सहयोग पुग्ने बताउदै एसि सहयोग गर्ने बैंक म्यानेजरसहित बैंक परिवारलाई धन्यवाद दिनुभयो । आगामी दिनमा सहयोग गर्न बैंकलाई उहाँले आग्रह गर्नुभयो।
त्यस्तै बैंकका शाखा म्यानेजर भट्टराईले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानलाई एसि सहयोग गरिएको बताउनु भयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
