• २ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीको १८औं राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखा स्कूल घोराहीलाई




घोराही ।  घोराही उपमहानगरपालिकास्तरीय १८औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कूल घोराहीले हात पारेको छ।

नेपाल सरकार अन्तर्गतको युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा सञ्चालन भएको उक्त प्रतियोगिता घोराही उपमहानगरपालिकाको आयोजनामा तथा श्री सिद्ध रत्ननाथ माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा उपमहानगर क्षेत्रभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। समग्र खेल विधातर्फ उत्कृष्ट प्रदर्शन गर्दै गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलले २७ स्वर्ण, १८ रजत र ८ कास्य पदकसहित जम्मा ५३ पदक जित्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो।

यस्तै प्रतियोगितामा श्री गोरक्ष रत्ननाथ मा बि चौघेराले ९ स्वर्ण, ४ रजत र ११ कास्य गरी जम्मा २४ पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने नेपाल पुलिस स्कूल ले ५ स्वर्ण, २ रजत र ५ कास्य गरी जम्मा १२ पदकसहित तेस्रो स्थान प्राप्त गरेको छ।

प्रतियोगितामा एथलेटिक्ससहित विभिन्न खेल विधामा प्रतिस्पर्धा गरिएको थियो। सहभागी खेलाडीहरूले अनुशासित तथा प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै प्रतियोगितालाई सफल बनाएका थिए। प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याएको छ।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूको छनोट गरी आगामी जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगिताका लागि तयारी गरिने जानकारी दिइएको छ। विद्यालयस्तरमै खेल प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुँदै आएको छ।

 

Facebook Comments