घोराही । प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा दाङमा विभिन्न दल तथा पार्टीले आफ्नो चुनावी प्रचार अभियानलाई तीब्र पारेका छन्। जिल्लामा सबैभन्दा बढी चासोको रुपमा हेरिएको क्षेत्र नम्बर २ मा पनि मुख्यत चार पक्षका पार्टीहरु तीब्र प्रतिस्पर्धामा देखिन्छन । उनीहरु मतदाता रिझाउन आफ्ना चुनावी प्रतिबद्धता र विकास निर्माणका कामलाई देखाएका छन । तर पछिल्लो केही दिनयता भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पक्षमा जनलहर बढ्दै गएको पाईएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका प्रत्यक्ष उम्मेद्वार निर्मल आचार्यलाई सरल, बौद्धिक, ईमान्दार र जनभावना बुझ्ने नेतृत्वका रूपमा स्थानीयवासीले लिँदै आएका छन् । उहाँ पुग्ने हरेक टोलमा स्थानीयले उत्साहपूर्वक स्वागत गर्दै विकास निर्माणका मागपत्रसमेत बुझाउने गरेका छन् । शनिवार बिहान मात्रै घोराही–१५ सम्झौता टोल, घोराही–६ सिर्जनशील टोल, घोराही–१८ गोदाबरी टोल ढोडेनि, घोराही–१८ बासखोली टोल, घोराही–१६ सपना टोल, घोराही–१७ पचुर्खा टोल र घोराही–९ तेघरा टोलका स्थानीयसँग भेटघाट गर्दै आचार्यले क्षेत्रका समस्या, विकास आवश्यकताबारे सुझाव लिएका थिए । सो अवसरमा उहाँले पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
हाल क्षेत्र नम्बर–२ मा आचार्यले अधिकांश वडामा पहिलो चरणको जनभेटघाट गरिसक्नुभएको छ । उहाँको प्रतिबद्धता र उहाँको इतिहासका बारेमा बुझेका जो कोही मतदाताले पनि मत दिने वचनबद्धता व्यक्त गरेका छन । स्थानीय कमला बुढाले विगतमा उठेका धेरै समस्या समाधान हुन नसकेको उल्लेख गर्दै यसपटक जनताको आवाज सुन्ने नेतृत्व आवश्यक रहेको बताउनुभयो। यस्तै टोपेन्द्र खड्का ले विकासका योजनालाई व्यवहारमा उतार्न सक्ने उम्मेद्वारको खोजीमा आफूहरू रहेको बताउँदै आचार्यप्रति आशा बढेको धारणा राख्नुभयो ।
यस्तै अर्का मतदाता दिलिप मगर पनि निकै उत्साहित देखिन्थे । ‘मैले उहांँलाई नजिकबाट देख्ने मौका पाएंँ । उहांँ स्पष्ट वक्ता र भिजन भएको नेताको रुपमा समेत पाएंँ । त्यसैले हामी सबैले उहांँलाई जिताउनु हाम्रो कर्तव्य हो ।’ मगरले भन्नुभयो । काम गर्ने नेतालाई जिताउन पर्ने मत राख्दै उहाँले यो क्षेत्रमा आचार्यको विकल्प नरहेको बताउनुभयो ।
समानुपातिक उम्मेद्वार पनि जनभेटघाटमा व्यस्त..
नेकपाका समानुपातिक उम्मेद्वार भिम कुमारी बुढा र सस्मति चौधरी पनि जनभेटघाटमा व्यस्त रहनुभएको छ । जनजाति समुदायबाट देशभर पहिलो नम्बरमा पर्न सफल बुढाले लामो समयदेखि वामपन्थी आन्दोलनमा खेलेको भूमिका, सामाजिक सक्रियता तथा सरल व्यक्तित्वका कारण मतदाताको ध्यान खिचिरहनुभएको स्थानीयको भनाइ छ ।
यस्तै थारु समुदायबाट देशभर दोस्रो स्थानमा नाम समावेश गर्न सफल चौधरीको सरल जीवनशैली, सहज व्यवहार र समुदायसँगको नजिकको सम्बन्धका कारण मतदातामाझ सकारात्मक प्रभाव परेको बताइन्छ । घरदैलो अभियानका क्रममा उहाँहरूले समावेशी विकास, सामाजिक न्याय र स्थानीय आवश्यकतामा आधारित कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पछिल्लो समय प्रत्यक्ष तथा समानुपातिक उम्मेद्वारहरू एकसाथ गाउँ–टोलमा सक्रिय देखिँदा दाङ–२ मा चुनावी माहोल थप तातिँदै गएको स्थानीय कृष्ण बुढाको भनाई छ ।।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
